Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग

खबरडबली संवाददाता

काठमाडौँ । आर्थिक सङ्कटका कारण धराशायी बनेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ। सरकारले रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका बेला हेटौँडा सिमेन्टको अनिश्चित भविष्यलाई लिएर सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन्।

सांसद प्रकाश गौतमले उद्योगको समस्या समाधानका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल सुरु गरेका छन्। उनले प्रधानमन्त्री, उद्योगमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीसँग उद्योगको अवस्थाबारे छलफल गरेको जानकारी दिए। ूराजनीतिक हस्तक्षेप र आन्तरिक भ्रष्टाचार रोक्न सकियो तथा नयाँ व्यवस्थापन टोली निर्माण गरियो भने उद्योग चल्न सक्ने सम्भावना छ,ू सांसद गौतमले भने। उनले उद्योगलाई केवल तलब खाने माध्यम मात्र बनाइएकाले यसको व्यावसायिक क्षमतामा ह्रास आएको टिप्पणी गरे।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा उद्योगको अवस्था निकै कमजोर देखिएको छ। गत भदौमा पाँच दिन मात्र सञ्चालन भएको उद्योगले २ हजार ५०० टन क्लिङ्कर र ३० हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो। निमित्त महाप्रबन्धक डा। शिवनारायण साहका अनुसार गत चैत १३ गतेदेखि क्लिङ्कर उत्पादन पुनः सुरु गरिए पनि कच्चा पदार्थ ९कोइला० को अभावमा उद्योग एक–दुई दिनमै पुनः बन्द हुने अवस्थामा पुगेको छ। पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आपूर्ति हुन सकेको छैन।

उद्योग बन्द भए पनि कर्मचारीको तलब, भत्ता र सामान्य मर्मत खर्च जस्ता अनिवार्य दायित्वले आर्थिक भार थपिरहेको छ। हाल उद्योगमा ३१८ जना जनशक्ति कार्यरत छन्। यसबाहेक विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने महसुल बक्यौता नै करिब ३० देखि ४० करोड रुपैयाँ पुगिसकेको छ। बक्यौताकै कारण प्राधिकरणसँग निर्वाध विद्युत् आपूर्तिका लागि आग्रह गर्न सक्ने अवस्था समेत नरहेको प्रशासनको भनाइ छ।

विसं २०३३ मा स्थापना भई २०४३ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको यो उद्योगका मेसिनरीहरू अहिले पुराना र जीर्ण भइसकेका छन्। प्राविधिकहरूका अनुसार पुराना उपकरणका कारण पनि उद्योगले अपेक्षित गतिमा उत्पादन दिन सकेको छैन। सरकारी आश्वासन र कूटनीतिक पहलका बीच उद्योगले कहिलेसम्म नयाँ जीवन पाउँछ भन्नेमा कर्मचारी र स्थानीय बासिन्दा प्रतीक्षारत छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending