Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

माछापुच्छ्रे् सहकारीले गर्याे सर्वसाधणकाे ९ कराेड २६ लाख हिनामिना

खबरडबली संवाददाता

विराटनगर । विराटनगरको माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ ।  सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ सञ्चालकले हिनामिना गरेको खुलेको थियो । सहकारीको अध्यक्ष अमलेशकुमार कर्ण हुन् । तत्कालिन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष उनी दुई पटक विराटनगरको मेयरमा उठेका थिए । सहकारीका अर्का सञ्चालक प्रभाकर थापा नेपाली कांग्रेसको युवा संगठन तरुण दल मोरङको पूर्वअध्यक्ष हुन् ।

सञ्चालक सम्पर्क बिहिन भएपछि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले अध्यक्ष कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो ।

हिनामिना भएको रकमको आधा सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको छ । कार्कीले ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको कार्यालयले जनाएको छ ।

समितिले कार्कीबाट रकम असुल गर्न सुझाव दिएको थियो । कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्ने गरेको छानबिनका क्रममा देखिएको थियो । कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।

सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाको नाममा १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ छ । उनले सो रकम हिनामिना गरेको समितिको दाबी छ । सहकारीका अध्यक्ष अमलेश कर्णको नाममा १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ ।

सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा छ । छानबिन समितिले सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग र नोक्सानी भएको रकम सञ्चालकले व्यहोर्नुपर्ने बताएको छ ।

छानबिनका क्रममा सहकारीले एक करोड ५१ लाख १० हजार २ सय ३८ रुपैयाँ ऋण लगानी गरेको देखिएको छ । अधिकांश ऋण बिना धितो नै लगेको देखिएको छ । सहकारीको कागजातका आधारमा जम्मा ९ करोड २५ लाख ९१ हजार बराबरको छानबिन गरेको समितिले ६ करोड २८ लाख ६३ हजार ८ सय २५ रुपैयाँ नगद अपुग भएको फेला पारेको थियो ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालयले २५ असारमा छानबिन समिति बनाएको थियो । समितिले प्रतिवेदन बुझाएपछि गत साउन ३१ गते कार्यालयले सहकारीका सञ्चालकलाई सात दिनभित्र हिसाब फरफारक गर्न भन्दै पठाएको थियो । तर सहकारीका सञ्चालकले चासो देखाएनन् ।

चासो नदेखाएपछि केही दिनअघि जिल्ला प्रहरी कार्यालय मोरङमा सञ्चालक समिति, रजिष्ट्रार कार्यालयका प्रतिनिधि सहितको उपस्थितिमा भएको छलफलमा सञ्चालनले चाँडै बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएका थिए ।

तर अझै बचत फिर्ताको प्रक्रिया सुरु नगरेको प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताए । सञ्चालकबीच नै विवाद देखिएका कारण बचत फिर्ता नगरेको उनले बताए । ‘हामीले पटक पटक सञ्चालक बोलाएर पैसा जसरी पनि तिर्नुपर्छ भनेर कमिटमेन्ट गराएका छौं’, उनले भने, ‘तर सबै सञ्चालकबीचमा अझै कुरा मिलेको छैन ।’

अध्यक्षसहित सञ्चालकको सम्पत्ति रोक्का राखेको खत्रीले जानकारी दिए । ‘उठाएको दायित्वलाई मनोमानी ढंगले चलाएको देखिन्छ’, उनले भने, ‘सबै पैसा ऋणमा छैन, भएको पनि सुरक्षित छैन ।’ बचतकर्ताको रकम फिर्ता नगरे कानुनी प्रक्रियामा अघि बढ्ने उनले बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending