Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

माछापुच्छ्रे् सहकारीले गर्याे सर्वसाधणकाे ९ कराेड २६ लाख हिनामिना

खबरडबली संवाददाता

विराटनगर । विराटनगरको माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ ।  सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ सञ्चालकले हिनामिना गरेको खुलेको थियो । सहकारीको अध्यक्ष अमलेशकुमार कर्ण हुन् । तत्कालिन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष उनी दुई पटक विराटनगरको मेयरमा उठेका थिए । सहकारीका अर्का सञ्चालक प्रभाकर थापा नेपाली कांग्रेसको युवा संगठन तरुण दल मोरङको पूर्वअध्यक्ष हुन् ।

सञ्चालक सम्पर्क बिहिन भएपछि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले अध्यक्ष कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो ।

हिनामिना भएको रकमको आधा सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको छ । कार्कीले ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको कार्यालयले जनाएको छ ।

समितिले कार्कीबाट रकम असुल गर्न सुझाव दिएको थियो । कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्ने गरेको छानबिनका क्रममा देखिएको थियो । कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।

सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाको नाममा १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ छ । उनले सो रकम हिनामिना गरेको समितिको दाबी छ । सहकारीका अध्यक्ष अमलेश कर्णको नाममा १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ ।

सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा छ । छानबिन समितिले सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग र नोक्सानी भएको रकम सञ्चालकले व्यहोर्नुपर्ने बताएको छ ।

छानबिनका क्रममा सहकारीले एक करोड ५१ लाख १० हजार २ सय ३८ रुपैयाँ ऋण लगानी गरेको देखिएको छ । अधिकांश ऋण बिना धितो नै लगेको देखिएको छ । सहकारीको कागजातका आधारमा जम्मा ९ करोड २५ लाख ९१ हजार बराबरको छानबिन गरेको समितिले ६ करोड २८ लाख ६३ हजार ८ सय २५ रुपैयाँ नगद अपुग भएको फेला पारेको थियो ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशक्षिण कार्यालयले २५ असारमा छानबिन समिति बनाएको थियो । समितिले प्रतिवेदन बुझाएपछि गत साउन ३१ गते कार्यालयले सहकारीका सञ्चालकलाई सात दिनभित्र हिसाब फरफारक गर्न भन्दै पठाएको थियो । तर सहकारीका सञ्चालकले चासो देखाएनन् ।

चासो नदेखाएपछि केही दिनअघि जिल्ला प्रहरी कार्यालय मोरङमा सञ्चालक समिति, रजिष्ट्रार कार्यालयका प्रतिनिधि सहितको उपस्थितिमा भएको छलफलमा सञ्चालनले चाँडै बचत रकम फिर्ता गर्ने प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएका थिए ।

तर अझै बचत फिर्ताको प्रक्रिया सुरु नगरेको प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताए । सञ्चालकबीच नै विवाद देखिएका कारण बचत फिर्ता नगरेको उनले बताए । ‘हामीले पटक पटक सञ्चालक बोलाएर पैसा जसरी पनि तिर्नुपर्छ भनेर कमिटमेन्ट गराएका छौं’, उनले भने, ‘तर सबै सञ्चालकबीचमा अझै कुरा मिलेको छैन ।’

अध्यक्षसहित सञ्चालकको सम्पत्ति रोक्का राखेको खत्रीले जानकारी दिए । ‘उठाएको दायित्वलाई मनोमानी ढंगले चलाएको देखिन्छ’, उनले भने, ‘सबै पैसा ऋणमा छैन, भएको पनि सुरक्षित छैन ।’ बचतकर्ताको रकम फिर्ता नगरे कानुनी प्रक्रियामा अघि बढ्ने उनले बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending