भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।
भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए । सुरक्षा निकायको समन्वयमा छापामारी भन्सार कार्यालयले तस्करको गोदामबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको ड्रेसमा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
पछिल्लो समय भैरहवा भन्सार कार्यालयले आन्तरिक तथा बाह्यरुपमा तस्करी नियन्त्रण र न्यूनिकरणको अभियान शुरु गरेको छ । भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा मनिराम पौडेल आएपछि तस्कर र भन्सार अपराध गर्नेहरुका विरुद्धका भैरहवा भन्सार कार्यालय कठोर बनेको देखिन्छ । पौडेल प्रमुख भन्सार अधिकृत भएसंगै गत बर्ष कपिलवस्तुको चाकरचौडाबाट तस्करको गोदाममा छापामारी २ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीको रेर्कडले देखाउछ ।
भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार कपिलवस्तुका साथै बुटवलबाट समेत पौडेलको नेतृत्वमा तस्करको घरमा छापामारी भारतबाट तस्करगरि ल्याएको १ करोड ५० लाख मुल्य बराबरको मालबस्तु बरामद भएको हो । भन्सार भित्रबाट समेत मिलोमतोमा हुने तस्करको सेटिङलाई पौडेलले भत्काएको पाईन्छ । कपडा, माछा, व्याजको तस्करी भन्सार भित्रबाट गर्न खोज्नेलाई समेत पौडेलले निर्ममपुर्वक नियन्त्रणमा ल्याई कार्वाही गरेको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।
भैरहवा भन्सार कार्यालयको प्रमुख भएको १ वर्ष भित्रमा करिब ८ करोड मुल्य भन्दा बढिको तस्करी सामान बरामद गर्नुका साथै पौडेलले १७ जना तस्करलाई थुनामा राखेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए । यहि अवधीमा फरार ११ जना तस्करलाई भैरहवा भन्सार कार्यालयले पक्राउ पुर्जी जारी समेत गरेको सुचना अधिकारी जोशीले बताए ।
आर्थिक बर्ष २०८०/८१ को साउन र भदौ महिनामा मात्र भैरहवा भन्सार कार्यालयले अवैधरुपमा भारतबाट नेपाल भित्रिएको ५ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: