Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मकवानपुरमा डाक्टर कुटेकाे एक साता नबित्दै कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथी कुटपिट

छलफलबाट मिलाउने पक्षमा प्रहरी

खबरडबली संवाददाता

कञ्चनपुर ।  कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो । 

उनीमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन् । अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा रहेको छ । भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ । यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको प्रष्ट देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिएको छ । अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन् ।

उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो । उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको  र उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो । एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए ।

राति  बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेको समयमा एक्कासी उनीहरू अराजकतापूर्वक आएर आफुलाई न्याकीउको उनले बताए । उनीहरू कसैको बर्थडे मनाएर  बजार डुलेर हिँडेका र घाइतेको उपचार गराइरहेको बेलामा आफुलाई त्यो खालको व्यवाहार गरेको गैरेले बताए ।

उनका अनुसा रामबहादुर केन्द्रमा पुगेका कुनै बिरामीसँग सम्बन्धित थिएनन् । रामबहादुरले एक्कासी आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए । त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए । ‘एक्कासी आएर अध्यक्षको नम्बर दे, इन्चार्जको नम्बर दे भन्न थाले । आफुले हातमा ग्लभ्स लगाइरहेको र हातमा खुन लागिरहेकोले आफू टाँका लगाउन घाउ सफा गर्न व्यस्त भएका कारण एकछिन बाहिर बस्नुस् भन्दा  नम्बर नदिने, को होस् तँ बाहिर जा  भनेर सिँधै घाँटी समाएर पछाडि ठोक्काएको गैरेको भनाइ छ । र भिडीयोमा हेर्दा पनि तेही नै देखीन्छ ।

घटना हुँदा एक जना प्रहरी पनि घटनास्थलमा देखिएका छन् । घटना भएपछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएको भए पनि आफुलाइ कुटपिट गर्नेलाई पक्राउ नगरेकाे गैरेले बताए । उनले दुर्व्यवहार गर्नेविरूद्ध जाहेरी दिने तयारी गरिरहेको बताएका छन् । आफूमाथि हातपात, दुर्व्यवहार भएको भन्दै जाहेरी दिन लागेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको बताए । उपचारको क्रममा ढिला सुस्ती गरेको भनेर हातपात भएको भन्ने खबर आफूले पाएको उनले बताए । उनले भने- उपचारको क्रममा ढिला सुस्ती गरेको हुँदा हामी आक्रोशित भएको भनेर भनेका छन् । जस्तो भए पनि त्यो कुरा न्यायोचित हुँदैन । त्यस विषयमा छलफल गर्न तयार छौं भनेर हातपात गर्ने व्यक्ति इप्रकामा पुगेका प्रहरीले बताएकाे छ । 

पीडित पक्ष मुद्दा चलाउनुपर्छ भन्नेमा रहेकाे भए पनि जाहेरी आइ नसकेको एसपी थापाले बताए । त्यस विषयमा पहिलो चरणमा छलफल भयो भने छलफलमा मिलापत्र  नभए जाहेरी परेकेा खण्डमा मुद्दा चलाउने प्रहरीको तयारी रहेकाे उनकाे भनाइ छ । दुई पक्षबीच छलफल भएपछि मात्र घटनाबारे विस्तृत थाहा हुने उनले बताए । 

यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए । बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका थिए ।

उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending