Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

मकवानपुरमा डाक्टर कुटेकाे एक साता नबित्दै कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथी कुटपिट

छलफलबाट मिलाउने पक्षमा प्रहरी

खबरडबली संवाददाता

कञ्चनपुर ।  कञ्‍चनपुरमा बिरामीको उपचार गरिरहेका एक जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको छ । मंगलबार राति करिब साढे ११ बजे बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो । 

उनीमाथि बेलौरी–२ का रामबहादुर खड्काले दुर्व्यवहार गरेका हुन् । अहिले दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा चर्चामा रहेको छ । भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ । यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको प्रष्ट देखिन्छ। केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिएको छ । अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन् ।

उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो । उनका नाता पर्ने एक जना लडेर टाउकोमा चोट लागेको  र उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो । एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए ।

राति  बिरामीको टाउकोमा टाँका लगाउन लागिरहेको समयमा एक्कासी उनीहरू अराजकतापूर्वक आएर आफुलाई न्याकीउको उनले बताए । उनीहरू कसैको बर्थडे मनाएर  बजार डुलेर हिँडेका र घाइतेको उपचार गराइरहेको बेलामा आफुलाई त्यो खालको व्यवाहार गरेको गैरेले बताए ।

उनका अनुसा रामबहादुर केन्द्रमा पुगेका कुनै बिरामीसँग सम्बन्धित थिएनन् । रामबहादुरले एक्कासी आएर अध्यक्ष र इन्चार्जलाई खोजेका थिए । त्यसैबीच उनी आएर गैरेसँग विवाद गर्न पुगेका थिए । ‘एक्कासी आएर अध्यक्षको नम्बर दे, इन्चार्जको नम्बर दे भन्न थाले । आफुले हातमा ग्लभ्स लगाइरहेको र हातमा खुन लागिरहेकोले आफू टाँका लगाउन घाउ सफा गर्न व्यस्त भएका कारण एकछिन बाहिर बस्नुस् भन्दा  नम्बर नदिने, को होस् तँ बाहिर जा  भनेर सिँधै घाँटी समाएर पछाडि ठोक्काएको गैरेको भनाइ छ । र भिडीयोमा हेर्दा पनि तेही नै देखीन्छ ।

घटना हुँदा एक जना प्रहरी पनि घटनास्थलमा देखिएका छन् । घटना भएपछि प्रहरी हवल्दारले थप प्रहरीलाई बोलाएको भए पनि आफुलाइ कुटपिट गर्नेलाई पक्राउ नगरेकाे गैरेले बताए । उनले दुर्व्यवहार गर्नेविरूद्ध जाहेरी दिने तयारी गरिरहेको बताएका छन् । आफूमाथि हातपात, दुर्व्यवहार भएको भन्दै जाहेरी दिन लागेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको बताए । उपचारको क्रममा ढिला सुस्ती गरेको भनेर हातपात भएको भन्ने खबर आफूले पाएको उनले बताए । उनले भने- उपचारको क्रममा ढिला सुस्ती गरेको हुँदा हामी आक्रोशित भएको भनेर भनेका छन् । जस्तो भए पनि त्यो कुरा न्यायोचित हुँदैन । त्यस विषयमा छलफल गर्न तयार छौं भनेर हातपात गर्ने व्यक्ति इप्रकामा पुगेका प्रहरीले बताएकाे छ । 

पीडित पक्ष मुद्दा चलाउनुपर्छ भन्नेमा रहेकाे भए पनि जाहेरी आइ नसकेको एसपी थापाले बताए । त्यस विषयमा पहिलो चरणमा छलफल भयो भने छलफलमा मिलापत्र  नभए जाहेरी परेकेा खण्डमा मुद्दा चलाउने प्रहरीको तयारी रहेकाे उनकाे भनाइ छ । दुई पक्षबीच छलफल भएपछि मात्र घटनाबारे विस्तृत थाहा हुने उनले बताए । 

यसअघि गत साता मकवानपुरको हेंटौडामा रहेको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए । बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका थिए ।

उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार रहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending