मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज मोरङमा आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी पकली सुनसरीका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई रु ४७ लाख मूल्य बराबरको विभिन्न विपद् सामग्री हस्तान्तरण गर्दै उनले संविधानले मानव अधिकार मौलिकको सुनिश्चितता गर्नाका साथै राज्यको निर्देशित सिद्धान्तमा उल्लेखित कुरा विश्वका अन्य मुलुकको भन्दा ज्यादा रहेको प्रष्ट पारे ।
आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्रीले मुलुकको आर्थिक प्रगति, राजनीतिक स्थायित्व, राष्ट्रिय एवं प्रदेशको पहिचान कायम राख्न हामी सबै लाग्नुपर्नेमा जोड दिए ।
हालका दिनमा बढ्दो आत्महत्या गर्नेक्रम रोकथामका लागि सुरक्षा निकायले गर्ने सचेतना कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मुलुकको सबै प्रकारको सुरक्षा व्यवस्था सुदृढ गर्न सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण भूमिका रहेको बताए ।
मुख्यमन्त्री कार्कीले दुई सुरक्षा बलसँग सरकारले समन्वय गरेर जनमैत्री फोर्सका रुपमा विकास गर्ने र मुलुकको सार्वभौमिक सत्तादेखि लिएर सुदृढ सुरक्षा कायम गरी गरिमा कायम गर्ने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८३ - १०:०२
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरी अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले संसदीय सुनुवाइ...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...
जेष्ठ ५ गते, २०८३ - ०९:४२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न मा...
जेष्ठ ४ गते, २०८३ - १८:०२
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...
जेष्ठ ४ गते, २०८३ - १७:४७
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...
जेष्ठ ४ गते, २०८३ - १७:३१
ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...
जेष्ठ ४ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...
जेष्ठ ४ गते, २०८३ - १६:५६
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...
जेष्ठ ४ गते, २०८३ - १६:४०
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...
जेष्ठ ४ गते, २०८३ - १६:२९
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...



प्रतिकृया लेख्नुहोस्: