Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

अनुसन्धान र उद्योगमैत्री नीतिमा जोड दिँन महावीर पुनको सुझाव

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले राज्यले विलासी वस्तु तथा तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्नेमा जोड दिए।

उनले नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने खालको नीति आवश्यक रहेको बताए।

वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनको अनुभव सुनाउँदै उनले विदेशबाट तयार कृषि औजार आयात गर्दा कर नलाग्ने तर स्वदेशमै उत्पादनका लागि आवश्यक कच्चा पदार्थ ल्याउँदा चर्को भन्सार तिर्नुपर्ने अवस्था रहेको बताए।

उनका अनुसार कच्चा पदार्थमा उच्च कर लाग्दा स्वदेशी उत्पादन महँगो पर्न जान्छ र नेपाली उद्योगहरूले प्रतिस्पर्धा गर्न सक्दैनन्। विकसित मुलुकहरूले कच्चा पदार्थमा कर नलगाउने नीति अपनाएको उल्लेख गर्दै नेपालले पनि त्यही अभ्यास अनुसरण गर्नुपर्ने उनको भनाइ थियो।

सांसद पुनले नेपालमा व्यवस्थित ‘पेटेन्ट अफिस’ नहुँदा नेपाली आविष्कारकहरू समस्यामा परेको उल्लेख गरे। उनले आफ्नो आविष्कार दर्ता गर्न विदेश जानुपर्ने बाध्यता रहेको तथा अन्तर्राष्ट्रिय पेटेन्ट प्रक्रिया अत्यन्त खर्चिलो भएकाले सरकारले त्यसमा अनुदानको व्यवस्था गर्नुपर्ने माग गरे।

यस्तै, नयाँ उद्यमी र आविष्कारकलाई प्रोत्साहन गर्न प्रारम्भिक चरणमा कर छुट दिनुपर्ने र अनुसन्धानलाई एक आर्थिक वर्षभित्र सीमित नगरी बहुवर्षीय योजना तथा बजेटअन्तर्गत सञ्चालन गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्वतारोही निर्मल पुर्जाको निधनले जन्मथलो म्याग्दी शोकमा

म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...

कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, आन्तरिक विवादबीच रणनीतिक छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...

लघुवित्त पीडितको ‘राजधानी मार्च’, वित्तीय शोषण अन्त्य गर्न सरकारसँग माग

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending