काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ८ राघवपुरका बिरामी देवी माया दर्जीलाई राघवपुर युवा क्लबले आर्थिक सहयोग गरेको छ । उपचार खर्च अभाव झेली रहेकी सुत्केरी दर्जीलाई जिबिएस समस्या देखिए युवा क्लवले आर्थीक सहयोग गरेको हो ।
दर्जीको उपचार सहयोगका लागि युवा क्लबले केही हप्ता देखि सहयोग अभियान चलाएको थियो । क्लबले अभियान कार्यक्रमबाट ३ लाख ३४ हजार १ सय ६६ रुपैयाँ संकलन भएको जानुका रुचालले बताइन् । अभियान चलाउन अघि नै संकलित रकम मध्येबाट १० प्रतिशत रकम क्लबमा राखी यस्तै विपद आईपरेका व्यक्तिलाई सहयोग गर्ने निर्णय क्लबले गरेको थियो । त्यसै अनुरुप संकलन भएको रकम मध्येबाट ९० प्रतिशत अर्थात ३ लाख ७ सय ५० रुपैयाँ क्लबका सचिव टेक बहादुर थापा मगर लगायतका सदस्यद्धारा बिरामीका श्रीमान दान बहादुर दर्जीलाई शनिबार हस्तान्तरण गरिएकोउनको भनाइ छ ।
क्लबका सबै सदस्यहरुले गाउँघरमा र वैदेशिक रोजगारीको क्रममा रहेका नेपालीहरुबाट रकम संकलन गरिएको रुचालले बताईन । दुःख परेको समयमा क्लबले पुर्याएको सहयोगले ठूलो टेवा मिलेको बिरामीका श्रीमान दान बहादुर दर्जीले बताए । ३ हप्ता बिति सक्दा पनि बिरामी श्रीमतीमा साखै सुधार नआएको उनको भनाइ छ । अस्पतालले श्रीमतीलाई फिजियो थेरापी पद्धतीको उपचार आवश्यक रहेकोले डिस्चार्ज दिने बताएको दर्जीले बताए ।
भाद्र ३ गते सुत्केरी भएकी उनमा नशा सम्बन्धिको समस्याले दुवै खुट्टामा पक्षघात देखिए पछि ओखलढुंगा सामुदायिक अस्पतालले रिफर गरेको र भदौ ५ गते थप उपचारका लागि महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो ।
जिबिएस रोग कुनै पनि मानिसमा हुन सक्ने र यस रोगले मानिसको खुट्टा वा हातमा कम्जोरी भई झनझन हुने र पक्षघात हुने चिकीत्सकहरुको भनाइ छ । यस्तो किसिमको रोग निको हुन शुरु भएको ३ हप्ता देखि केही वर्षसम्म लाग्ने बताईएको छ । हाल दर्जीको काठ्माण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: