Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

टीभीएसको विद्युतीय आईक्युब स्कुटर अब बजारमा

खबरडबली संवाददाता

काठमाडौं । टीभीएसले नेपालका लागि विद्युतीय स्कुटर आईक्युब नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो सोमा यो स्कुटर सार्वजनिक गरेको हो ।

स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका डाइरेक्टर तथा सीईओ केएन राधाकृष्णले टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको बताए । ‘हाम्रो पोर्टफोलियोमा ईभीहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं’ राधाकृष्णले बताए ।

ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट स्कुटर छनोट गर्न सक्ने छन् । ‘आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्प डिजाइन गरिएका छन्’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ ।’

४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७८ किलोमिटर प्रतिघण्टाको उच्चतम गति दिने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ भने ‘आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्स्ड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन्’ । 

कम्पनीले भनेको छ ‘यो एक इन्टेलिजेन्ट इन–हाउस बीएमएस (ब्याट्री व्यवस्थापन प्रणाली) साग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ ।’ ४.५ घन्टामा शून्यबाट ८० प्रतिशतसम्म चार्जिङ गर्न सकिने आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । ५ एम्पियर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न सकिनेछ । 

पहिलो १ हजार ग्राहकका लागि यसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE