Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८२ आईतवार | 18th May, 2025 Sun
Investment bank

टीभीएसको विद्युतीय आईक्युब स्कुटर अब बजारमा

खबरडबली संवाददाता

काठमाडौं । टीभीएसले नेपालका लागि विद्युतीय स्कुटर आईक्युब नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो सोमा यो स्कुटर सार्वजनिक गरेको हो ।

स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टीभीएस मोटर कम्पनीका डाइरेक्टर तथा सीईओ केएन राधाकृष्णले टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको बताए । ‘हाम्रो पोर्टफोलियोमा ईभीहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं’ राधाकृष्णले बताए ।

ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट स्कुटर छनोट गर्न सक्ने छन् । ‘आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्प डिजाइन गरिएका छन्’ कम्पनीले एक विज्ञप्तिमार्फत भनेको छ ‘३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गर्दछ ।’

४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७८ किलोमिटर प्रतिघण्टाको उच्चतम गति दिने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ भने ‘आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्स्ड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन्’ । 

कम्पनीले भनेको छ ‘यो एक इन्टेलिजेन्ट इन–हाउस बीएमएस (ब्याट्री व्यवस्थापन प्रणाली) साग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ ।’ ४.५ घन्टामा शून्यबाट ८० प्रतिशतसम्म चार्जिङ गर्न सकिने आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ आउँदछ । ५ एम्पियर घरेलु सकेटको साथ प्रयोग गर्न सकिने यस स्कुटरको ब्याट्री घरमै चार्ज गर्न सकिनेछ । 

पहिलो १ हजार ग्राहकका लागि यसको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देश बन्दैन भनेर भ्रम छरे पनि देश बन्दै छ: नेता ज्ञवाली

गुल्मी । नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताएका छन् । एमाले धुर्कोट गाउँ कमिटीको आयोजनामा बोमबहादुर–ट...

जनतासँग जोडिनु माओवादीकाे राजनीतिक मुद्दा हो: प्रचण्ड

अछाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको राजनीतिक मुद्दा गरिब जनता र समुदायसँग जोडिनु रहे...

परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्र...

के हो चट्याङ अनि कसरी बच्ने ?

काठमाडौं । अहिले चट्याङको सिजन छ । दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन् । सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ,...

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पू...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रू...

स्रोत नखुलेको रकमसहित ४ पक्राउ

काठमाडौं । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ बाट स्रोत नखुलेको नगद ८ लाख ३९ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई भारत नौतवना महाराजगंज थाना-४ बस्ने ५...

डेढ महिनादेखि निष्क्रिय जस्तै समाजवादी मोर्चा

काठमाडाैं । बामपंथीहरुकाे समाजवादी माेर्चा डेढ महिनादेखि निष्क्रिय जस्तै बनेकाे छ । नेकपा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा सम्मिलित समाजवादी मो...

इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ

गाजा । इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरि...

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडाैं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा.६० प १७९५ नम्बरको मोटरसाइकल र बा.प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending