काठमाडाैं । पछिल्लो समय बागलुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान मर्कामा परेका छन ।
भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन् । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नु परिरहेको छ । “आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन”, ढोरपाटन नगरपालिका–८ की थमसरा विकले बताए, “बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।” भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोब्बर फाइदा लिन सकिने उनले बताए ।
ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि वर्षको ५० क्विन्टल आलु बेच्ने गरेको बताए । भदौ अन्तिम सातादेखि उनीहरुले आलु खन्ने गर्छन्। सडकको पहुँच नभएकाले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको सुनारले गुनासो गरे । भण्डारण अभावमा वर्षातमै आलु बेच्नुपर्ने बाध्यता छ । ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ । तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ ।
कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्कअनुसार जिल्लाभर तीन हजार ५० हेक्टरमा आलु खेती गरिन्छ । सो जग्गामा ५४ हजार आठ सय १० मेट्रिक टन आलु फलेको तथ्याङ्क छ । जिल्लामा आलुको बीउ पर्याप्त मात्रामा भण्डारण गर्न समस्या छ । गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई बीउ भण्डार बनाउन सहयोग गरेको छ । परियोजनाको बागलुङ कार्यालयका प्रमुख सुजित पौडेलका अनुसार चार लाख अनुदान सहयोगमा किसानले सात लाखमा भवन बनाएका थिए । ढोरपाटन–९ को नवी र फलेघरमा १३ मेट्रिक टन आलु भण्डारण गर्न सकिने गरी भवन निर्माण गरिएको छ ।
रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले श्रमदान गरी भवन निर्माण गरेका हुन् । परियोजनाले ताराखोलामा २१ लाख तथा स्थानीयवासीको चार लाखमा शीत भण्डार केन्द्र निर्माण गरी आलु राख्न थालेका स्थानीय ओमप्रसाद कंडेलले बताए । परियोजनाले निसीखोला र निसेल ढोरमा १०/१० मेट्रिक टन क्षमताका तीन बीउ भण्डार केन्द्र निर्माण गरेको छ । त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा ५०/५० मेट्रिकटन क्षमताका दुई भण्डारण केन्द्र निर्माण गरिएका छन् ।
गलकोटमा भने स्याउलगायत फलफूल समेत भण्डारण गर्नेगरी स्थानीय व्यवसायीले दुई सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेका छन् । गलकोट नगरपालिका–३ मा सिद्धभैरव समूहले दुई करोड लगानीमा एक सय मेट्रिकटन क्षमतको शीत भण्डारण केन्द्र तथा एक सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: