Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

अनियमित रुपमा संचालन भएको उदयपुर सिमेन्ट उद्योगलाई नियमित संचालन गर्न माग

खबरडबली संवाददाता

उदयपुर । अनियमित रुपमा संचालन भएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडलाई नियमित संचालन गर्न माग गरिएको छ । बन्द हुँदै संचालन हुँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडको नियमित संचालनको मागगर्दै सरोकारवालाहरु प्रधामन्त्रीकोमा डेलिकेशन गएका हुन् ।

आईतबार उद्योगका मजदुर नेतार स्थानीय सरोकारवालाहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न डेलिकेशन गएका थिए । पूर्ण रुपमा सरकारी स्वामित्व रहेको सिमेन्ट उद्योग लिमिटेड पछिल्लो समयमा बन्दहुँदै संचालन हुँदै आएको छ ।

आर्थिक रुपमा चरम संकटमा परेको उद्योग नियमित संचालनको मागगर्दै डेलिकेशन गएको नेपाल कारखाना श्रमिक संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष देवेन्द्र झाले बताए । उनले भने, ‘पछिल्ला वर्षहरुमाउद्योग नियमित रुपमा संचालनहुन सकेको छैन् । चरमआर्थिक संकटमा फेसेको छ । उद्योगको नीतिनियम संशोधन र तत्काल संचालनखर्चको व्यवस्थापनगरिदिनहुनप्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छौँ ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य गोपी आछामीको नेत्त्वमा माओवादी केन्द्रका जिल्ला समन्वय समतिका संयोजक विनोद कटुवाल दिवश, उदयपुर सिमेन्ट उद्योग बचाउ तथा खवरदारी समितिका संयोजक राधारमण खतिवडा, उद्योगमा कार्यरत अखिल नेपाल औद्योगिक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ, समग्र नेपाल उद्योग मजदुर संघ र नेपाल अद्योगिक मजदुर संघका प्रतिनिधि सहितको टोली डेलिकेशन गएको थियो । 

डेलिकेशन टोलीले प्रधानमन्त्री दाहाल, उद्योग तथा आपुर्ति मन्त्रालयका मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्द निरौला र उर्जा मन्त्री शक्ति बस्नेतलाई भेटी उद्योगका समस्या र उद्योग संचालनका लागि सुझाव दिएको उदयपुर सिमेन्ट उद्योग बचाउ तथा खवरदारी समितिका संयोजक राधारमण खतिवडाले बताए । 

उनका अनुसार भेटमा उद्योग संचालनमा प्रधानमन्त्री दाहाल लगायतका पक्ष सकारत्मक रहेको र उद्योगका अल्पकालिन र दिर्घकालिन सुझाव दिइएको छ । उनले भने, ‘भेटमा उहाँहरु (प्रधानमन्त्री दाहाल, उद्योगमन्त्री रिजाल, उर्जा मन्त्री बस्नेत) ले सकारात्मक रूपमा उद्योग सन्चालनमा सहयोग गर्ने वचन दिनु भएको छ ।

विभिन्न मन्त्रालयबाट प्राप्त उपलब्धि सहित ठोस निष्कर्षका लागि प्रधानमन्त्री समक्ष १९ बुदे सुझाव दिइएको छ ।’ उद्योगको चुरो समस्या केहो ? भनी मजदुर नेताहरु सँग अन्तक्रिया गर्दै उद्योग संचालनका लागि सक्दो सहयोग गर्ने वचन दिनु भएको छ । डेडिकेटेड फिडरको विद्युत महशुल मिनाह गर्ने, विद्युत आपूर्ति नियमित गर्ने, उद्योग संचालनमा सहयोग गर्ने बचन दिनु भएको छ ।’

उद्योगले बक्यौता ३६ करोड रूपैयाँ ‘डेडिकेटेड फिडर’ को विद्युत महशुल बझाएको छैन् । त्यो मिनाहा गरिदिन माग गरिएको बताइएको छ । अखिल नेपाल औद्योगीक मजदुर संघका इकाई अध्यक्ष विश्वेश्वर पालले डेढ अर्व रुपैँया उद्योग घाटामा रहेकाले सरकारले आर्थिक रुपमा सहयोग गर्दै नीतिगत रुपमा सुधार गर्न माग गरिएको बताए । 

माओवादी केन्द्र उदयपुरका अध्यक्षविनोद कटुवाल ‘दिवस’ ले उद्योगका समस्याहल गरी उद्योग नियमित संचालनगर्न माग गरिएको बताए । ‘प्रधानमन्त्री दाहाल समक्ष उदयपुर सिमेन्ट उद्योग संचालनका समस्याहरू बारे जानकारी गराइयो । मजदुर प्रतिनिधिसंग प्रधानमन्त्रीको जिज्ञासा थियो ? नाफामा जानु पर्ने उद्योग किन धारसायी भयो ? अब सरकारले के गर्दा उद्योेगलाई नाफामा लान सकिन्छ ? उनले भने, ‘मुख्यगरी सहि व्यवस्थापकको अभाव, बर्तमान सार्वजनिक खरिद ऐन लगायतको कारण उद्योेग धारासायी भयो । त्यसकारण सहि व्यवस्थापक पठाइदिन, नीतिनियम संशोधन र तत्काल संचालन खर्चको व्यवस्थापन गरिदिनहुन माग गरेका छौँ ।’ 

उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले उदयपुरले गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । पछिल्लो समयमा नियमित संचालन हुन सकेको छैन् । डेलिकेशन टोलीका संयोजक राष्ट्रियसभा सदस्य गोपी आछामीले उद्योग संचालनमा देखिएका समस्या र समाधानको लागि सरोकारवालाहरु, मजदुरहरुको टिम बनाएर डेलिकेशन गएको बताए । उनले भने, ‘कुसल व्यवस्थापनको अभावमा सरकारी उद्योग आर्थिक संकटमा फसेको छ । बचाउनु पर्ने हाम्रो दायित्व भएकोले डेलिकेशन गएका हौँ ।’

उद्योगमा सरकारले महा प्रबन्धक खुल्ला प्रतिस्प्रधाबाट छनोट गरेर नियुक्ति गर्ने गरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत शनिबार विज्ञापन खुलाएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE