Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

संसद् सत्ताधारी दलले आफू अनुकूल सञ्चालन गर्ने रहेछन्ः सांसद असिम शाह

खबरडबली संवाददाता
काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय अभ्यासमा नयाँ रहेको छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम रहेको छैन । 
रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ महिनाको संसदीय अभ्यास भने उनले चाहेजति सन्तोषजनक रहेको छैन । उनकै शब्दमा भन्दा, ‘एक्सन ओरिन्टेट’ काम गर्न सदन र सरकार दुवै असफल छन् । सांसद शाहले सुरुआती दिनमा संसदीय अभ्यास र गतिविधि बुझ्नै समय लागेको तर पछि बुझ्दै गएपछि संसद् पनि स्वतन्त्र ढङ्गले सञ्चालन हुन नसकेको आभाष भएको बताए । 
“सुरुमा हामी आफै सिकिरहेका थियौँ । हाम्रो आफ्नै भोगाइ र सिकाइ रह्यो । तर बुझ्दै जाँदा संसद् सत्ताधारी दलबाट आफ्नो अनुकूल सञ्चालन हुने रहेछ भन्ने थाहा भयो”, सांसद शाहले भने, “हामीले पटक–पटक सदन अवरोध नगर्न अनुरोध गरिरह्यौँ तर सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट संसद् अवरोध भयो । बाहिर एउटा विषय देखिने तर प्रमुख दलको बैठकमा बसेर भित्र अर्कै बार्गेनिङ चल्ने रहेछ ।” आफू सांसद भएपछि सदन किन अवरुद्ध हुन्छ र कसरी खुलाइन्छ भन्नेबारे स्पष्ट भएको उनको भनाइ छ ।
संसद्का लागि ‘क्यालेण्डर’ आवश्यक पर्ने र संसद् सचिवालयलाई सोहीअनुसार सक्रियतापूर्वक परिचालन गर्न सक्नुपर्ने उनी बताउँछन् । यसबारे संसद्मा कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको उनको गुनासो छ । संसद्मा क्यालेण्डरको आवश्यकताबारे चर्चा भए पनि त्यो आवाज सदनले नसुनेको शाहको आरोप छ । अर्कोतर्फ विधायिकी भूमिका निभाउनुपर्ने सांसद आफ्नो जिल्लाका योजनामा बजेट कसरी पार्ने भन्नेमा बढी केन्द्रित हुने र स्थानीय तहबाटै हुने काममा अल्झिने गरेको शाहको बुझाइ छ ।
“सांसदले आफ्नो जिल्लामा बजेट कसरी पार्ने र पाँच वर्षसम्म त्यही काम गर्ने भन्ने सोचाइ राख्ने गरेको मैले पाए । मैले पूल बनाए, बाटो बनाए भनेर नागरिकका आकांक्षालाई निर्वाचनमा देखाउने गरेका छन् । अर्को पटक पनि त्यही काम देखाएर त्यसलाई ‘क्यास’ गर्न खोज्ने प्रवृत्ति छ”, सांसद शाह भन्छन्, “सामान्य हिसाबले हेर्दा एउटा नगर प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षले गर्ने काम सांसदले गरिरहेका छन् । त्यहि भनेर भोट मागिरहेको अवस्था छ ।”
सांसदलाई उनीहरुको भूमिका के हो भनेर बुझाउन जरुरी रहेको शाहको तर्क छ । त्यस्तै नागरिकस्तरमा पनि यो विषय जानकारीमा लैजानुपर्ने उनले बताए  । सांसदसँग नागरिकले गर्ने अपेक्षा पुरातन शैलीको रहेको पनि उहाँले टिप्पणी गरे ।
“सांसदका रुपमा मुख्य काम कानुन निर्माण गर्ने हो । जनप्रतिनिधि भएपछि जनताको आवाज बोल्ने हो र त्यसलाई पूरा गर्न आवश्यक कानून निर्माणमा सशक्तरुपमा लागि पर्ने हो । तर जनस्तरमा पनि पुरातन शैलीमै सांसद भन्नासाथ पुल, सडक जस्ता पूर्वाधार बनाउने भन्ने संस्कारको विकास भयो”, सांसद शाह भन्छन्, “विकास निर्माणका लागि सांसद एक माध्यम बन्न सक्छन् । तर हामी आफैँ ठेकेदार हैनौ । यो बुझ्न जरुरी छ ।”
लामो समय संसदीय अभ्यासमा लागेका दलका नेताले संसदीय मर्यादा उल्लङ्घन हुने गरी अभिव्यक्ति राख्ने गरेकामा शाहलाई त्यो कत्ति पनि चित्त बुझेको छैन । “सदनमा वाक स्वतन्त्रताको नाममा बढी नै बोल्नुहुन्छ । जनप्रतिनिधि भएपछि कहाँ कसरी बोल्ने र प्रस्तुत हुने भन्ने कुरा बुझ्नुपर्ने हो । त्यसमाथि संसद्को आफ्नै मर्यादा हुन्छ र नैतिक आचरणमा बस्नुपर्छ”, उनले भने  ।
दलहरुबीच हुने आरोप–प्रत्यारोपलाई ‘जुँगाको लडाइँ’ को सङ्ज्ञा दिनुहुँदै सांसद शाह जुँगाको लडाइँकै कारण कतिपय विषयलाई बढाइचढाइ गर्ने र त्यसैमा संसद् अल्झाउने गरेको बताउँछन् । यद्यपि, कहिलेकाहीँ आवेगमा आएर दिने अभिव्यक्तिलाई रेकर्डबाट हटाउनुपर्ने अवस्था आउने उनले बताए ।
“जुन ठाउँमा जे विषयमा छलफल हुुनुपर्ने त्यो हुँदैन । हामीले पटक–पटक डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि छलफल चलाउन निवेदन ग¥यौँ । जनसरोकारका हरेक विषयमा छलफल चलाउन आवाज उठाउँदै आएका छौँ । तर अहिलेसम्म त्यो हुन सकेको छैन”, शाहले भने । 
सत्तापक्ष र प्रतिपक्षले खेल्ने भूमिकाले नै सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने तय हुने उनको बुझाइ छ । सदनलाई सिर्जनात्मक र उत्पादनशील बनाउने सोच राखेर आएका सांसदमा काम गर्ने हतारो र हुटहुटी भए पनि त्यसका लागि उनीहरुले उपयुक्त वातावरण भने पाउन नसकेको उनी स्वीकार्छन् । अझ पुराना राजनीतिक दलमा भने त्यसको हुटहुटी नै नरहेको शाहको बुझाइ छ ।
“हतारो कसैलाई रहेनछ । सरकारले आफ्नो तरिकाले चलाउने रहेछ । हतारो त जनतालाई मात्र रहेछ । ठूला दलका नेतालाई केही कुराको हतारो रहेनछ ” उनी भन्छन् । अझ कतिपय संसद्लाई सदन तथा समितिमा के विषयमा छलफल भइरहेको छ र त्यहाँ गएर के विषय बोल्ने भन्नेसम्मको जानकारी नहुने उनले बताए ।
“हाम्रा लागि नयाँ अभ्यास भएका कारण अलि सजक भएर अध्ययन, अनुसन्धान गरेर मात्र जान्छौँ । अन्य दलका सांसदले धेरै बुझ्नुभएको छ भन्ने डरले पनि हामी धेरै अध्ययन गरेर जान्छौँ”, उनी भन्छन्, “तर, धेरैजसो सांसद पूर्वतयारीसहित आउनेभन्दा पनि त्यही पुराना शैलीमा भाषण गर्ने र कुरा गर्ने गर्नुहुन्छ । तथ्य–तथ्याङ्कमा भन्दा पनि अन्यत्रका कुरा गर्ने गरेको महसुस हुन्छ ।” संसदीय समितिका कामलाई पनि प्रभावकारी बनाउनुपर्ने उहाँको सुझाव छ ।
सांसदका रुपमा जिम्मेवारी बहन गर्न तत्पर शाह सदन नजितामुखी बन्न नसकेकामा दुःख लाग्ने बताउँछन् । “सदनमा सबैले राम्रो राम्रो कुरा गर्नुहुन्छ,  सबैले राम्रै कुरा गरिरहँदा पनि देशले लिनुपर्ने विकासको गति चाहिँ किन नलिएको होला ?”
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending