Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

अध्येता, पत्रकार र विद्यार्थीका लागि विधागत पत्रकारिता पुस्तक

खबरडबली संवाददाता

काठमाडौँ । आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको कम्तीमा आधारभूत ज्ञान वा जानकारी हुन जरुरी हुन्छ ।

सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मकरूपमा सही र तथ्यपरक हुन्छ भन्ने अपेक्षा बढी गर्न सकिन्छ । त्यसैले पनि पत्रकारिता जगत्मा विधागत पत्रकारिता अर्थात कुनै एक विधामा केन्द्रित भएर गरिने पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या बढ्दो छ । त्यसैले पहिलेको पत्रकारितामा पत्रकारले सबथोकको सतही ज्ञान हुन्छ तर कुनै विषयमा पनि विज्ञता हासिल गरेका हुँदैनन् भन्ने गरिएकामा अहिले भने पत्रकारहरूले सबथोकको ज्ञान राख्छन् र कुनै एक विषयमा विज्ञ हुन्छन् पनि भन्न थालिएको छ ।  

बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय सञ्चार रजिष्ट्रारको कार्यालयले हालै प्रकाशन गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ पनि यसैमा केन्द्रित छ । चार सय २५ पृष्ठको यस हाते पुस्तकमा पत्रकारिता क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका २० जना लेखकले विधागत पत्रकारिता के हो भन्ने विषयमा आधारभूत जानकारीसँगै आ–आफ्ना परिष्कृत ज्ञान समेटेका छन् । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, सक्रिय पत्रकार तथा सञ्चारकर्मी, अध्येता तथा विशेषज्ञलाई लक्षित गरी तयार पारिएको हाते पुस्तकमा चलनचल्तीका अधिकांश विधागत पत्रकारितालाई समेट्ने प्रयास गरिएको छ ।

नेपाली पत्रकारिता ‘विधागत पत्रकारिता’ बाटै सुुरुआत भएको पाइन्छ । पछिल्लो समय सञ्चारमाध्यमको बढ्दो सङ्ख्यासँगै विधागत पत्रकारिताले पनि फस्टाउने मौका पाएको छ । सञ्चारमाध्यम पनि विधागत पत्रकारिताअनुसारनै सञ्चालन हुन थालेका छन् । जसमा आर्थिक, वातावरण, स्वास्थ्य, प्रविधि, अपराधलगायतका पत्रकारिता लक्षित सञ्चारमाध्यम सञ्चालन भइरहेका छन् ।

विधागत पत्रकारिताको क्षेत्र फराकिलो भए पनि नेपालमा भूगोलका हिसाबले काठमाडौँ उपत्यकामा मात्रै सीमित भएको देखिन्छ । काठमाडौँ उपत्यका बाहिरका पत्रकारको हकमा सबै विधामा समाचार लेख्नुपर्ने बाध्यताका बीच यस हाते पुस्तकमा लेखकहरूले पत्रकारले विधागत पत्रकारितालाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी दिने प्रयास गर्नुभएको छ । 

हाते पुस्तकमा लेखक तथा पत्रकारले आआफ्नो विधागत पत्रकारिताको महत्त्व, अनुभव, उक्त क्षेत्रसँग सम्बन्धित आधारभूत ज्ञान, समाचार सङ्कलन तथा लेखन सीप, स्रोतको पहिचान, विविधता, सम्बन्धित विधासँग जोडिने शब्दको चयन र प्रयोग तथा चुनौतीलगायत विषयमा सहज भाषामा बुझाउने प्रयास गरिएको छ। साथै विधागत पत्रकारिता गर्न चाहनेका लागि यसको विधि, प्रक्रिया, न्यूनतम आधारभूत ज्ञान, सन्दर्भ सामग्री, शब्दावली चयनलाई पनि मिहिन ढङ्गले प्रकाश पारिएको छ । 

खासगरी विधागत पत्रकारितामा पाइला चाल्ने क्रममा रहेका पत्रकार र सक्रिय पत्रकारितामा संलग्नलाई विधागत पत्रकारितालाई अझ परिष्कृत बनाउनका लागि सूचना सङ्कलनदेखि समाचार लेखनमा सहयोगी हुने गरी लेखकहरूले जोड दिनएका छन् । साथै सम्बन्धित विधागत पत्रकारिता मुलुक, समाजका लागि किन महत्त्वपूर्ण छ  रु साथै सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारको जिम्मेवारी र भूमिका, आचारसहिंता पनि पुस्तकमा समेटिएको छ । 

पत्रकारितालाई निष्पक्ष, वस्तुगत र सन्तुलित ढङ्गले अगाडि बढाउन के कस्ता विषयमा पत्रकारले ध्यान दिने विषयलाई पनि पुस्तकमा समावेश गरिएको छ । पुस्तक विश्वविद्यालयका विद्यार्थीका लागि पठनीय सामग्री बनेको छ भने सक्रिय पत्रकारलाई पुस्तकले मार्गनिर्देश गर्नेछ । साथै अध्येता र विशेषज्ञलाई उपयोगी सामग्री बनेको छ । 
    
बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा आफ्नै बुझाइका आधारमा विधागत पत्रकारिता गर्ने पत्रकारको सङ्ख्या काठमाडौँमा धेरै भएको भन्दै मोफसलमा काम गर्ने पत्रकारले विधागत पत्रकारिता गर्न नपाइरहेको गुनासोका बीच उनीहरूलाई पनि लक्षित गरी पुस्तक तयार पारिएको बताछन् ।

“सूचना प्रविधिको बढ्दो विकास र विस्तारका कारण जिल्ला वा स्थानीय तहमा बसेर पनि विधागत पत्रकारिता गर्न सकिन्छ तर उनीहरूलाई उपयुक्त अध्ययन सामग्रीको खाँचो छ । त्यही खाँचो पूरा गर्न सञ्चार रजिष्ट्रारको कार्यालयले विधागत पत्रकारिता हाते पुस्तक तयार पार्ने एक वर्ष अगाडिको परिकल्पनालाई अहिले साकार रूप दिइएको हो”, उनले भने । 
    
विधागत पत्रकारिता हाते पुस्तक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी, विधागत पत्रकारितामा रुचि राख्ने पत्रकार, अनुज पत्रकार, पत्रकारिता अध्यापन गराउने प्राध्यापक र पत्रकारितामा चासो राख्ने सबैका लागि उपयोगी हुने गरी तयार गरिएको छ । विश्वविद्यालयहरूले विधागत पत्रकारिता पुस्तकलाई अध्ययन सामग्रीकारूपमा उपयोग गर्ने उनको विश्वास छ । 

“जहाँ अभाव छ, त्यहाँ प्रादेशिक संरचनाले काम गर्नुपर्छ भन्नेमा गहिरो विश्वास राख्छु । त्यही विश्वासका आधारमा काम गर्दै आएको छु । सङ्घीय सरकारको प्राथमिकतामा नपरेका तर राष्ट्रिय आवश्यकता भएका विषय केन्द्रित गरेर नै सञ्चार रजिष्ट्रारको कार्यालयले काम गरिरहेको छ”, उनले भने ।
        
पुस्तकमा नेपाली पत्रकारितामा प्रचलित धेरै विधालाई समेट्ने प्रयास भए पनि वातावरण, जलवायु, शिक्षा, द्वन्द्वलगायत केही महत्त्वपूर्ण विषय भने छुटेका छन् । त्यसो त आर्थिक पत्रकारिता अन्तर्गतकै पूँजी बजारलाई छुट्टै लेखका रूपमा स्थान दिँदा त्यसबारे गरिहाइमा बुझ्न पनि सजिलो बनाइदिएको छ । सबै विधालाई पुस्तकमा नसमेटिएकोबारे कार्यालयले स्वीकार गर्दै यसको कारण पनि बताइसकेको छ । यद्यपि कार्यालयले विधागत पत्रकारिताको विकासका लागि गरेको यो प्रयास भने आफैमा सराहनीय मान्न सकिन्छ । 

पत्रकार विनोद ढुङ्गेलले सम्पादन गरेको सो पुस्तकमा रामकृष्ण रेग्मीले ‘राजनीतिक पत्रकारिता’, ध्रुवहरि अधिकारीले ‘परराष्ट्र तथा कूटनीतिक मामिला’, डा सुरेश आचार्यले ‘विकास पत्रकारिता’, एकराज पाठकले ‘स्वास्थ्य मामिलासम्बन्धी पत्रकारिता’, अनन्तराज लुइँटेलले ‘कानुन तथा अदालती पत्रकारिता’, केपी ढुङ्गानाले ‘अपराध मामिला रिपोर्टिङ’, हरिबहादुर थापाले भ्रष्टाचारका समाचार’ र श्रीराम पौडेलले ‘प्रदेश र स्थानीय तहको रिपोर्टिङ’ शीर्षकअन्तर्गत सम्बन्धित विधाको पत्रकारिता, यसको परिचय, सम्भावना, चुनौती तथा अवसरका साथै स्रोत, सूचना सङ्कलन, लेखनका विधिबारे पनि प्रष्ट पारेका छन् । 

त्यसैगरी पत्रकार कुबेर चालिसेले ‘आर्थिक पत्रकारिता’, मुराहरी पराजुलीले ‘शेयर बजार रिपोर्टिङ’, विकास थापाले ‘ऊर्जा र जलस्रोत पत्रकारिता’, डा बद्रीप्रकाश ओझाले ‘कृषि मामिलाका समाचार’, दीपक सापकोटाले ‘विपद् मामिला पत्रकारिता’, कपिल काफ्लेले ‘मानवअधिकार पत्रकारिता’, नितु पण्डितले ‘महिला तथा बालबालिका मामिला रिपोर्टिङ’, कुमार यात्रुले ‘परम्परागत आदिवासी मामिला’, छत्र कार्कीले ‘विज्ञान–प्रविधि पत्रकारिता’, रोशन राउतले ‘खेलकुद पत्रकारिता’, रामनाथ घिमिरेले ‘कला तथा मनोरञ्जन पत्रकारिता’का शीर्षकमा विधागत पत्रकारिताका चुनौती, सम्भावना, विधि र प्रक्रिया, शब्दावली चयन र तिनको सही प्रयोग, कानूनी व्यवस्था र यसले समाजमा पार्ने प्रभाव र महत्त्वबारे उल्लेख गरेका छन् 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरक्षपात्रदेवता–देविपाटन महायात्रा हुने

घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...

पेट्रोलियम पदार्थ र ग्यास भण्डारण नगर्न प्रशासनको आग्रह

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ल...

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बन...

एमाले सचिवालय बैठक बस्दै, सांसदको नाम टुङ्गो लगाउने र निर्वाचनको समीक्षा गर्ने

काठमाडौँ। हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ ...

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: