कञ्चनपुर । निर्धारित पुन:स्थापनाको समयावधि लम्बिँदै जाँदा मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन ।
उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनारका अनुसार पुन:स्थापनाका साथै शिक्षा, स्वास्थ्य, रोजगारी, दिगो जीविकोपार्जन, सामाजिक सशक्तीकरण र समावेशीकरणसम्बन्धी मुद्दालाई सरकारले विशेष प्राथमिकतामा राखी प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसक्दा मुक्त भएको १५ वर्ष बितिसक्दा पनि मुक्त हलियाले सम्मानित जीवन व्यतीत गर्न पाएका छैनन् ।
“कैयौँ मुक्त हलिया परिवार पुन:हलिया बस्न बाध्य छन्”, उनले भने, “केही हलिया परिवार परम्परागत हलियाबाट आधुनिक सहरिया मजदुरका रुपमा परिणत भएका छन्, यस कार्यले साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएको छ ।” बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट वञ्चितसमेत भएका छन् ।
बाध्यकारी श्रमिकका रुपमा कार्य गरिरहेका मुक्त हलियालाई दासत्वबाट मुक्त गरी उनीहरुका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गरी राज्यको मूल प्रवाहमा ल्याई सम्मानित जीवन व्यतीत गर्ने वातावरण कायम गरिनुपर्ने उनले बताए ।
हलिया अधिकारकर्मी हरि श्रीपालीका अनुसार हलिया महासङ्घले सङ्घीय सरकारसँग निरन्तर गरेको वकालत तथा पैरवीका माध्यमबाट मुक्त हलिया, कमैया, कम्लहरी, हरुवाचरुवालगायत अन्य बाध्यकारी श्रमिकका समस्या सम्बोधनका लागि सङ्घीय सरकारले अवस्था अध्ययन गर्न पाँच सदस्यीय वस्तुस्थिति अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिले पेस गरेको प्रतिवेदनका आधारमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया, कमैया, कम्लहरी, हरुवाचरुवा पुन:स्थापना कार्यविधि र कार्ययोजना मस्यौदा तयार गरेको छ । उक्त कार्यविधि हालसम्म पारित हुन सकेको छैन । “कार्यविधि र कार्ययोजना तत्काल पारित गरी कार्यान्वय गर्न माग गरेका छौँ”, श्रीपाइलीले भने, “कार्यविधि र कार्ययोजना पारित भएर कार्यान्वयनमा ल्याइएपछि मात्रै मुक्त हलिया पुन:स्थापनका कार्यमा टेवा पुग्छ ।”
संस्थाको अगुवाइमा भएको पैरवीले सुदूरपश्चिम प्रदेशका केही स्थानीय तहहरुले मुक्त हलिया पुन:स्थापन कार्यविधि पारित गरेको उनले बताए । प्रदेश सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमा थोरै भए पनि मुक्त हलियालाई सम्बोधन गरेको राष्ट्रिय मुक्त हलिया समाजका जिल्ला अध्यक्ष सिवी लुहारले बताए ।
“विनियोजित बजेटको समयमै कार्य प्रारम्भ गरी कार्यान्वयन गर्न माग गर्दछौँ”, उनले भने, “नेपाल सरकार र मुक्त हलियाबीच भएको पाँचबुँदे, १० बुँदे सिफारिस र पाँच सदस्यीय वस्तुस्थिति अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयनको प्रक्रियामा लैजान र मुक्त हलिया समुदायको दीगो तथा न्यायोचित पुन:स्थापनका लागि तीनवटै तहका सरकारसँग जोडदार माग गर्दछौँ ।”
हालसम्म मुक्त हलिया पुन:स्थापनको अवस्था हेर्दा सुदूरपश्चिम र कर्णाली प्रदेशमा नेपाल सरकारबाट प्रमाणिकरण भएका १६ हजार नौ सय ५३ घरधुरीमध्ये १३ हजार पाँच सय ४६ घरधुरीले पुन:स्थापन प्याकेज पाएका छन् । पुन:स्थापन प्याकेज पाएकामध्ये नौ प्रतिशत घरधुरीले पुन:स्थापनको अन्तिम किस्ताबापतको रकम पाउन सकेका छैनन् । अझै २० प्रतिशत मुक्त हलिया पुन:स्थापनको पखाईमा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: