Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण छः मन्त्री आचार्य

खबरडबली संवाददाता

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय सुरेन्द्र राज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलका बिचमा सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । 

२०३५ सालमा स्थापना भएको संघले नेपालको आँखा उपचार सेवालाई विश्वमा नै चिनाउन सफल भएको छ, र संघलाई यो उपलब्धि हासिल गर्नमा सहयोग पुर्याउने सिबिएम लगाएत स्वदेशी तथा विदेशी दातृ निकायहरुलाई समेत धन्यवाद दिन चाहान्छु’ मन्त्री आचार्यले भने । नेपाली जनतालाई सर्वसुलभ मूल्यमा देशभर गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरेकोमा नेत्रज्योति संघलाई धन्यवाद दिँदै उनले आगामी दिनहरुमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य माननिय आर।पी विच्छाले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा।डा चेतराज पन्तले सिबिएम जस्ता दातृ निकायहरुको सहयोग र सहकार्यले नै संघले यो उपलब्धि हासिल गर्न संभव भएको भन्दै सबैलाई धन्यवाद समेत दिए ।

संघले अब नेपाली जनताहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाहसंगै नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको संघका महासचिव भरतबहादुर चन्दले बताए ।

‘सिबिएम हाम्रो एक पुरानो र महत्वपुर्ण दातृ निकाय हो, नेपालको अन्धोपन र बहिरोपन निवारणमा अहिलेसम्म हामिले जे जति उपलब्धिहरु हाँसिल गर्न सफल भएका छौ त्यसको एक महत्वपुर्ण हिस्सेदार सिबिएम पनि हो’ संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले भने । सिबिएम ग्लोबलका अन्तराष्ट्रिय निर्देशक रोब डोनेल्लीले नेपालको आँखा तथा कान उपचार क्षेत्रमा नेत्रज्योति संघसंगको सहकार्य जारी रहने प्रतिवद्धता समेत व्यक्त गरे । जग्गा दाता चौधरी परिवारका तर्फबाट बोल्दै पुर्वमन्त्री पद्मनाराय चौधरीले त्यो क्षेत्रका जनताहरुले सहज रुपमा आँखा उपचार सेवा प्राप्त गरुन् भन्ने उद्येश्यले आफ्नो परिवारले अस्पतालको लागि जग्गा दान गरिएको बताए ।

सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा। अल्बर्ट हेनिङ र उनकि श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र  विस्तारका लागि नेपाल पठाएसंगै दुईसंस्थाहरुका बिचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो । सिबिएमबाट खटाइएका डा हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्बसुलभ मूल्यमा गुणस्तरिय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् ।

अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली अन्तरर्गत २ वटा विशिष्टिकृत सेवा सहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तरगतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा सहित २० लाखभन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको  लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधिर कुमार ठाकुरले बताए ।

सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म ५ हजार भन्दा बढिकाे आँखाको निःशुल्क शल्यक्रिया गरि ज्योति प्रदान गरिसकिएको छ ।

उक्त कार्यक्रमा सिबिएमको सहयोगमा सञ्चालित कार्यक्रम मार्फत अन्धोपन तथा बहिरोपन न्यूनिकरणमा योगदान गर्ने प्रा।डा रामप्रसाद पोख्रेल, डा अल्बर्ट हेनिङ, मधुसूदन ढकाल, चौधरी दाता परिवार९स्व।सरोवरलाल चौधरी,स्व।छबिलाल चौधरी र श्री रविन्द्रलाल चौधरी०, सुधीरकुमार ठाकुर, डा।सञ्जय कुमार सिं र बिन्देश्वर महतोलाई सम्मानित समेत गरिएको थियो भने नेपालको अन्धोपन र बहिरोपन न्यूनिकरणमा महत्वपुर्ण महत्वपुर्ण सहयोग गरेकोमा नेत्रज्योति संघले सिबिएम ग्लोबल र सिबिएम इन्टरनेशनलाई समेत सम्मानित गरेको छ ।

साथै सोहि अवसरमा ‘दिगो र व्यापक आँखा उपचार सेवा आजको आवश्यकता’ विषयमा बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो जसमा नेत्रज्योति संघका डा।शैलेश कुमार मिश्र, आईएपिबिका युद्ध धोज सापकोटा, सिबिएममा सुरज सिग्देल, स्वास्थय तथा जनसंख्या मन्त्रालयका रबिकान्त मिश्र, नेपाल अप्थाल्मीका सोसाइटीकी डा मिनु चौधरी र राष्ट्रिय अपांग महासंघका देविदत्त आचार्य सहभागि थिए भने उक्त छलफलको सहजिकरण संघका कार्यक्रम व्यबस्थापक रन्जन साहले गरेका थिए ।

उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कोषाध्यक्ष बिनय लामा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, लगायत आँखा स्वास्थ्य सेवासंग सम्बन्धि विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गर्न राष्ट्रिय धान दिवसमा प्रचण्डको सन्देश

काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...

नेकपा बैठकमा प्रचण्डको सन्देश– ‘अहिल्यै नेतृत्व छोड भन्नु पर्दैन’, माधव नेपाल भन्छन्– असारभित्र एकता टुंगिन्छ

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending