Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय सवारी

खबरडबली संवाददाता

नारायणगढ । चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।

चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाडौँका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार महानगर यातायात प्रालिले छ सवारी नारायणगढ–काठमाडौँका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाडौँका लागि सञ्चालन भइरहेका छन् ।

राज्यले विद्युतीय सवारीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताए । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका सवारी उपयुक्त हुने उनको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय सवारीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उनले बताए ।

हाल सञ्चालनमा आएका सवारीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताए । 

चालकसहित ११ जना अट्ने सवारी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमारा जाँदै गरेका यात्रु लोक खड्काले बताए । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उनको भनाइ थियो । सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय सवारी रोज्ने गरेको उनले बताए । 

नारायणगढबाट वीरगञ्ज जान लागेका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय सवारी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताए । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने विश्वास व्यक्त गरे ।   

चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय सवारीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताए । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उनको भनाइ थियो । उनका अनुसार भरतपुरबाट हेटाँैडासम्म पुगेको रु दुई सय ८०, वीरगञ्जसम्मको रु चार सय र नारायणगढ–काठमाडौँको भाडा रु पाँच सय भाडादर रहेको छ ।

सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस सवारी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताए । “यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता सवारी सञ्चालन गर्न थप सहज हुँदै जानेछ”, उनले भने । एउटा सवारी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि सवारीअनुसार थप हुँदै जानुपर्ने उनले बताए ।

नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको सवारीका चालक वृज किशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताए । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उनले गुनासो गरे । डिजेल गाडीकोभन्दा यो गाडीको पिकअपसमेत राम्रो रहेको उनको भनाइ थियो ।

नारायणगढ–हैटौँडा रुटमा सवारी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय सवारीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताए । सवारीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उनको माग थियो ।

जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको सवारी खरिद गर्दा रु ४४ लाख हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: