Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

५३ पटक रगत दिएका बजिमय भन्छन्- रक्तदान गर्नु आफ्नै लागि पनि फाइदा हुँदोरहेछ

खबरडबली संवाददाता

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गरे। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गरेको यो ५३औँ पटक हो। 

सुत्केरी हुने क्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उनले सो रक्तदान गरेका हुन्। कविताको अवस्था अहिले सामान्य बन्दै गएको चिकित्सक  कृष्णकुमार राईले जानकारी दिए। 

बजिमयले पहिलोपटक ३० वर्षको उमेरमा रक्तदान गरेका थिए। सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बनेका उनले विसं २०६० मा पहिलोपटक साविक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर (राई) लाई रक्तदान गरेका थिए। 

तत्कालीन समयमा रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जना गर्ने गरेको उनले स्मरण गरे। ‘टेम्माकी शारदा मगर  अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ। धामी/झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ (शारदा) लाई रगत दिनुपर्ने भयो’, उनेले भने, ‘अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए। ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ। अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ। ती दिदीले अहिले पनि बेलाबेला फोन गर्नुहुन्छ। उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन्। यसैमा आनन्दित छु।’

रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहेका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउँछन्। 

‘मैले दिएको रगतले धेरैको ज्यान बचेको छ। उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन्। यो नै सबैभन्दा बढी खुसीको क्षण लाग्छ मलाई’, उनले भने, ‘रातको बाह्र/एक बजे उठेरसमेत रगत दिने गरेको छु। रक्तदान गर्नु आफ्नै लागिसमेत फाइदा हुँदोरहेछ। अहिलेसम्म मलाई कुनै रोग छैन।’

उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको उनले बताएका छन्। ‘म अहिले ५२ वर्षको भएँ। ६० वर्षसम्म रक्तदान गर्न मिल्छ। कम्तीमा १०० पटक रक्तदान गर्ने मेरो लक्ष्य थियो। रक्तदान गरेको तीन महिनापछि पुनः दान गर्न मिल्छ तर, जिल्लामा स्थापना गरिएको रक्त सङ्कलन केन्द्रको भण्डारण गृह कम क्षमताको छ। क्षमता कम भएकै कारण रक्त सङ्कलन केन्द्रले मलाई जगेडाकोषको रुपमा बस्न आग्रह गर्दै आएको छ’, उनले भने, ‘अब मैले २४ पटकमात्र रक्तदान गर्न मिल्छ। यसले मेरो एक सय पटक रक्तदान गर्ने उद्देश्य प्राप्त गर्नसक्ने सम्भवान भएन तर, पनि यो बीचमा धेरैको ज्यान बचाउन सकेकोमा खुसी छु।’

जिल्लामा अहिले पनि अधिकांश मानिस रक्तदान गर्न डराउने गरेको उनले बताए। ‘चेतनाको अभावले अधिकांश मानिस अझै पनि रक्तदान गर्न मान्दैनन्। रक्तदान गर्दा आफ्नो लागिसमेत फाइदा हुन्छ’, उनले भने, ‘आगामी दिनमा गाउँगाउँमा रक्तदानसम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौँ। यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लावासीले मुक्ति पाउँछन्।’

दस स्थानीय तह रहेको जिल्लामा यसअघि स्थापना गरिएको रक्त सङ्कलन केन्द्र अहिले अवरुद्ध छ। दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा रहेको रक्त सङ्कलन केन्द्र हप्ता दिनअघिदेखि अवरुद्ध हुँदा रगत आवश्यक पर्ने बिरामीका आफन्त आफ्नै आफन्त तथा सेना र प्रहरी गुहार्नुपर्ने अवस्थामा छन्। 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। अवरुद्ध रक्त सङ्कलन केन्द्रको फ्रिज पुनः मर्मत गरेर केही दिनमै सञ्चालनमा ल्याएपछि रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखा निरीक्षक खेमराज आचार्यले बताए।

व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएका रगत भण्डारण गरेर राखिने फ्रिज बिग्रिएपछि रक्त सङ्कलन केन्द्रमा रगत नहुँदा कतिपय बिरामीलाई बाहिरी जिल्ला रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ। भौगोलिक रुपमा विकट मानिएको खोटाङमा सुत्केरी हुन अस्पताल आउने अधिकांश महिलालाई रगत दिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending