काठमाडौं । शुक्रबारबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन् । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहमति गरेको हो।
नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गरेका छन् । कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि शुक्रबारबाट यो नाका यात्रु आवत जावतको लागि खुला गरिन लागेको जानकारी दिए । उनका अनुसार सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।
२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो । मानिस आवत जावत भने खुल्न सकेको थिएन।
यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।
अमेरिकाको न्यु योर्कमा हुने ७८ औं संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएपछि प्रधानमन्त्री दाहाल त्यहाँबाट सोझै चीन जाने कार्य तालिका छ । उनको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: