सिमकोट । पहिरोले लघुजलविद्युत् आयोजनामा क्षति पुर्याउँदा सिंगो गाउँनै अन्धकार भएको छ ।
पाँच दिनसम्म लगातार भएको वर्षाका कारण खार्पुनाथ गाउँपालिका–३ को राया खोलामा निर्माण गरिएको लघुजलविद्युत् आयोजनाको पेनस्टिक पाइप र नहरलाई पहिरोले क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
गत शुक्रबार रातीदेखि राया गाउँ अन्धकार भएको राया गाउँका स्थानीय टेकबहादुर बुढाले बताए । पहिरोले गाउँमा विद्युत् आपूर्ति गर्दै आएको राया खोला लघुजलविद्युत् आयोजनाको नहर भत्काएको र पेनस्टिक पाइपमा क्षति पुर्याएपछि पावर हाउसमा पानी आपूर्ति हुन नसक्दा विद्युत् सेवा अवरुद्ध भएको हो।
पहिरोले सत्तरी मिटर नहरमा क्षति पुर् याएको र पाइपको अवस्था पनि उस्तै बनाएको कारण तत्काल विद्युत् सुचारु गर्न कठिन हुने भएको छ। उनले विद्युत् आपूर्ति बन्द हुँदा राया गाउँका साढे दुई सय परिवार विद्युत् सेवाबाट वञ्चित भएको बताए। लघुजलविद्युत् आयोजनाले करीब २५ किलोवाट विद्युत् उत्पादन गर्दै आईरहेको थियो।
विद्युत् आपूर्ति भएर गाउँ झिलिमिली भएको दुई महिना नबित्दै पहिरोले नहर र पाइपमा क्षति पुर्याउँदा पुनः गाउँ अन्धकारमा छाएको छ र पहिरोबाट पुगेको क्षतिको विवरण आउन भने बाँकी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...
पौष ८ गते, २०८२ - १८:०९
कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...
पौष ८ गते, २०८२ - १८:०५
बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...
पौष ८ गते, २०८२ - १८:०२
महोत्तरी । आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...
पौष ८ गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...




प्रतिकृया लेख्नुहोस्: