काठमाडौं । एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल अमेरिका पुगेकाे खुलासा भएको छ । ६० केजी सुन तस्करीमा संलग्नता देखिए पछि उनी देश छाडेर हिँडेको बताइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को उच्च श्रोतका अनुसार खनाल भागेर अमेरिका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीले पक्राउको तयारी गरेको सूचना पाउपछि खनाल रातारात भागेको बताइएकाे छ । प्रहरी उच्च नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खनाल भागेर अमेरिका पुगेको जानकारी गराएका छन् ।
प्रहरीको सीआईबीले केही दिनअघि सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को पनि सहयोग मागेकाे थियाे । सीआईबीले इन्टरपोल सँग मागेकाे सहयाेगले पनि खनाल देश छाडेर भागेेकाे पुष्टि भएकाे छ ।
‘पक्राउ गर्ने तयारी भएको सूचना पाएपछि उहाँ रातारात भागेर अमेरिका पुग्नुभएछ’, प्रहरी नेतृत्वले गरेको रिपोर्टिङ उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठको सचिवालयका एक सदस्यले बताए । खनालको ६० केजी सुन तस्करीका नाइके चिनियाँ मुलुका बेल्जियन नागरिक दावा छिरिङसँग सम्बन्ध देखिएको सीआईबी श्रोतले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि तस्करीमा खनाल संलग्न रहेको संकेत गरेका थिए । प्रहरीका केही पूर्वप्रमुखको दावासँग कुराकानी भएको सूचाना आएको र यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको ध्यान जाओस् भनेर लामिछानेले बैठकमा भनेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: