Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अमरेशले मुख छाड्दा राज्यव्यवस्थामा गृहमन्त्री गाैतमकाे विचित्रकाे आक्रोस

\"amaresh-bamdev\"काठमाडौं । मधेस केन्द्रित नेताले राष्ट्र विखण्डनको अभिव्यक्ति दिए लगत्तै मधेसी जनताको ‘५० लाख मुल्य तोकिएको’ भन्दै सभासद्हरुले चर्को विरोध गरेपछि संसदको राज्यव्यवस्था समितिले छानविन समिति गठन गरेको छ । आजको राजधानी दैनिकमा खबर छ सिंहदरबारमा शनिबार बसेको समिति बैठकले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद् अमरेशकुमार सिंहको अभिव्यक्ति र मधेसी मोर्चाको निर्णय छानविनका लागि समिति गठन गरेको हो । समितिको बैठकमा गृहमन्त्री वामदेव गौतमलाई बोलाइएको थियो । कांग्रेस सभासद् अमरेशकुमार सिंहले सशस्त्र प्रहरी बलको विषयमा उत्तेजित भनाई राखे लगत्तै तनाव सिर्जना भएको थियो । उनले बोल्दै गर्दा गृहमन्त्री वामदेव गौतमले कडा प्रतिवाद गरेकापछि बैठक तनावग्रसत बनेको थियो । सशस्त्र प्रहरी बल मधेस आनदोलन दबाउन मधेसका विरुद्ध गठन भएको र अहिले ७५ प्रतिशत फोर्सलाई मधेसमा केन्द्रित गर्नुले पुष्टि भएको भनाई राखेपछि गौतमले कडा प्रतिवाद गरेका थिए । ‘सभापतिज्यूर छलफलका लागि गृहमन्त्रीलाई बोलाएर यसरी अपमान गराउन पाइन्छ ? यस्तै हो भने म बैठकमा किन आउने ?’ गौतमको भनाई थियो, ‘सभासद् भएर बैठकमा यसरी जे मन लाग्यो त्यही मनपरी बोल्न पाइन्छ ।’ गृहमन्त्री गौतमले सिंहलाई अनुशासनको पाठ सिकाउन सभापति दिलबहादुर घर्तीको ध्यााकर्षण गराए । गृहमन्त्री गौतमले बाह्मण, क्षेत्रीलाई शासकका रुपमा सोच्ने र देखाउने विचार र अभिव्यक्ति उत्तेजना फैलाउने, राष्ट्रविरोधी र विखण्डनकारी भएको आरोप लगाए । बरु एक हजार वर्षसम्म यादवहरुले नेपालमा शासन गरेको इतिहासको गौतमले स्मरण गराएका थिए । सभासद चित्रबहादुर केसी, रामकृष्ण यादवसहितले ५० लाख दिने घोषण गरेर तराई केन्द्रित दलले मधेसीको अपमान गरेको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending