Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

माओवादी केन्द्रद्धारा आइसिटी फोरमको गठन, अध्यक्ष प्रचण्डद्धारा उद्घाटन

'हल्ला कै भरमा संगठन बनाउने तरिकालाई आइसिटी फोरमले क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्ने छ'

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री समेत रहेका नेकपा( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् । 

पछिल्लो समय त्याग सर्मपण भन्दा पनि हल्ला कै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा , तेस्तो तरिकालाई  क्रस गर्ने गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरीएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने -'अहिलेको युग सुचना प्रविधिको युगको रुपमा स्थापित भएको छ  यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने  देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनसार आइसिटी  फोरमको गठन गर्ने निर्णय गरिएको छ । यसको संगठन ग्रास रुटसम्म यसको संगठन बिस्तार हुन्छ , समाजवादको आधार तय गर्नको लागि  जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचार र कार्यलाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ । आइसिटि फोरमले   हल्ला कै भरमा संगठन बनाउने ट्रेन तरिकालाई  क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।'

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ त्यसमा भर पर्ने बताउँदै सोही अनुरुपम काम गर्न नवगठित आइसिटि फोरमलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिए । आसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको  छ त्यही अनुरुप काम गर्न  आग्रह गरे  ।

कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य  गोविन्द आचार्यले गरेका थिए । उनले अहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिनुभयो । 

सो कार्यक्रममा प्रधानन्त्री एंव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भूसाल , सूचना तथा संचार मन्त्री रेखा शर्मा लागायतको उपस्थिति रहेकाे थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending