Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

माओवादी केन्द्रद्धारा आइसिटी फोरमको गठन, अध्यक्ष प्रचण्डद्धारा उद्घाटन

'हल्ला कै भरमा संगठन बनाउने तरिकालाई आइसिटी फोरमले क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्ने छ'

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा प्रधानमन्त्री समेत रहेका नेकपा( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् । 

पछिल्लो समय त्याग सर्मपण भन्दा पनि हल्ला कै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा , तेस्तो तरिकालाई  क्रस गर्ने गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरीएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भने -'अहिलेको युग सुचना प्रविधिको युगको रुपमा स्थापित भएको छ  यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्त्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने  देखिएको छ । त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनसार आइसिटी  फोरमको गठन गर्ने निर्णय गरिएको छ । यसको संगठन ग्रास रुटसम्म यसको संगठन बिस्तार हुन्छ , समाजवादको आधार तय गर्नको लागि  जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचार र कार्यलाई प्रचार गर्नेछ । यसले पार्टीको प्रचार संयन्त्रको रुपमा काम गर्छ । आइसिटि फोरमले   हल्ला कै भरमा संगठन बनाउने ट्रेन तरिकालाई  क्रस गर्दै विचार सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्नेछ ।'

पार्टीको तीन महिने अभियान कति सफल हुन्छ भन्ने कुरा सूचना प्रविधिको प्रयोग कति गर्छौ त्यसमा भर पर्ने बताउँदै सोही अनुरुपम काम गर्न नवगठित आइसिटि फोरमलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन समेत दिए । आसिटीको महत्वलाई बुझेर पार्टीले जुन किसिमको महत्त्व दिएको  छ त्यही अनुरुप काम गर्न  आग्रह गरे  ।

कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य  गोविन्द आचार्यले गरेका थिए । उनले अहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिनुभयो । 

सो कार्यक्रममा प्रधानन्त्री एंव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा , जवसका इन्चार्ज पम्फा भूसाल , सूचना तथा संचार मन्त्री रेखा शर्मा लागायतको उपस्थिति रहेकाे थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending