Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बुहारी पढाउँदै इलामको चुलाचुली गाउँपालिका

खबरडबली संवाददाता

इलाम  । २०६१ सालमा एसएलसी पास गरेर अध्ययन छोडेकी कमला भट्टराई (ढुंगाना) १८ वर्ष पछि कक्षा ११ मा भर्ना भएकी छन् । उनी गएको वर्षदेखी जनता मावि चुलाचुलीमा कक्षा ११ मा भर्ना भएकी हुन् । 

कक्षा ११ मा उनी राम्रो अंकका साथ उत्तिर्ण समेत भएकी छन् । चुलाचुली गाउँपालिकामा बुहारी शिक्षा सुरु गरेदेखी कमला जस्तै अन्य बुहारीले समेत उच्च शिक्षा लिन पाएका छन् । बुहारीले पढ्न रहर गरे गाउँपालिकाले नै दायित्व लिने गरेको छ । 

इच्छा शक्ति भए गर्न सकिन्छ भन्ने नमुना उदाहारण समेत बनेकी छन् कमला भट्टराई । उनले कक्षामा राम्रो अंकका साथ कक्षा ११ उत्तिर्ण गरेकी छन् । अर्थात कक्षाकोठाबाट तेस्रो हुँदै उनी उत्तिर्ण भइन् । त्यसले पनि आफुमा सन्तुष्टि जागेको कमलाको भनाई छ । परिवारको साथ, विद्यालयको हौसला र समाजको समेत प्रेरणा मिलेको उनको भनाई छ । 

उनी भन्छिन, ‘बिबाहसँगै पढाई टुंगिएको महसुस भइरहेको थियो गाउँपालिकाले बुहारी शिक्षा सुरु गर्यो अनी पढ्न आएँ ।’ बिहान घरको काम भ्याएर दिउशो उनी कक्षा कोठामा बसेर शिक्षा लिने गरेकी छन् ।  चुलाचुली गाउँपालिकाले गएको वर्षदेखी ‘बुहारी शिक्षा’ सुरु गरेको हो । यो शिक्षा सुरु भएदेखी बिबाहसँगै पढाई छोडेकाहरुलाई राहत भएको छ । कमला जस्तै अन्य पाँच जनाले हाल चुलाचुलीमा निशुल्क अध्ययन गरिरहेका छन् । 

गाउँपालिकाले बिबाह पछि अध्ययन गर्न चाहाने बुहारीहरुलाई निशुल्क शिक्षा सुरु गरेको छ । यो शिक्षासँगै यहाँका बुहारीहरु समेत अध्ययनमा आउन थालेका छन् । पहिलो वर्ष नै गाउँपालिका भित्र पाँच जना बुहारीहरु भर्ना भएर अध्ययन गरिरहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख राम मिश्रले बताए । उनले हाल कक्षा ११ को भर्ना चलिरहेकाले यस वर्ष समेत बुहारीहरु भर्ना हुँदै गरेको बताए ।

स्थानिय सरकारले स्थानिय जनताका साना साना विकासका अपेक्षा पुरा गर्नु पर्दछ भन्ने बुझेर नै कार्यक्रमको थालनी गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले ठुला ठुला महल बनाउँदा मात्र विकास नहुने समाज शिक्षित बनाउन सके पनि ठुलो विकास हुने बताए । जनतालाई शिक्षित गराउनु नै पहिलो विकास भएको उनको भनाई छ । 

गाउँपालिकामा ‘बुहारी शिक्षा’, बिद्यालयलाई निशुल्क बस वितरण, गाउँपालिकामा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएसँगै गाउँपालिका अध्यक्ष केरुङको शिक्षा क्षेत्रमा नाम कहलिएको छ ।  उनले भने ‘स्थानिय सरकारले जनताको प्रतक्ष पिरमर्का बुझेर काम गर्नु पर्दछ भन्ने राम्ररी बुझेको छु ।’ केरुङले गाउँपालिकामा जितेर आएपछि यो कार्यक्रम सुरु गरेका हुन् ।

चुलोचम्कामा मात्र सिमित रहेका बुहारीहरुलाई शिक्षा दिक्षा दिए मात्र परिवार शिक्षित र समृद्ध बन्ने भएकाले गाउँपालिकाले यो कार्यक्रम थालेको उनी बताउँछन् । उनले एउटी आमा शिक्षित भएमात्र छोराछोरी शिक्षित हुने भएकाले पनि यो कार्यक्रम थालिएको बताए । उच्च शिक्षाको दायित्व स्थानिय सरकारले लिने गरि सो कार्यक्रम सुरु गरिएको अध्यक्ष केरुङको भनाई छ ।

गाउँपालिका भित्र रहेका बुहारीहरुले जनता मावि चुलाचुली २, बालज्योती मावि चुलाचुली ४, र राष्ट्रप्रेमी मावि चुलाचुली ६ फुङ्नाम गरी तीनवटा विद्यालयमा बुहारी शिक्षा अध्यापन भइरहेको छ । घरब्यवहारमा लागेर पढाईछोडेका महिलाहरु घरको कामसँगै अध्ययन गर्न आउन थालेसँगै गाउँपालिकाको यो कार्यक्रम समेत सफल बन्दै गएको छ ।

६ वटा वडा रहेको यस गाउँपालिकामा जम्मा २० वटा सामुदायिक विद्यालय र ७ वटा निजि विद्यालयहरु सञ्चालित छन् । गाउँपालिकाले जनता माविमा बिद्यालय बस समेत वितरण गरेको छ । यस बिद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा समेत सञ्चालनमा रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending