Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

बुहारी पढाउँदै इलामको चुलाचुली गाउँपालिका

खबरडबली संवाददाता

इलाम  । २०६१ सालमा एसएलसी पास गरेर अध्ययन छोडेकी कमला भट्टराई (ढुंगाना) १८ वर्ष पछि कक्षा ११ मा भर्ना भएकी छन् । उनी गएको वर्षदेखी जनता मावि चुलाचुलीमा कक्षा ११ मा भर्ना भएकी हुन् । 

कक्षा ११ मा उनी राम्रो अंकका साथ उत्तिर्ण समेत भएकी छन् । चुलाचुली गाउँपालिकामा बुहारी शिक्षा सुरु गरेदेखी कमला जस्तै अन्य बुहारीले समेत उच्च शिक्षा लिन पाएका छन् । बुहारीले पढ्न रहर गरे गाउँपालिकाले नै दायित्व लिने गरेको छ । 

इच्छा शक्ति भए गर्न सकिन्छ भन्ने नमुना उदाहारण समेत बनेकी छन् कमला भट्टराई । उनले कक्षामा राम्रो अंकका साथ कक्षा ११ उत्तिर्ण गरेकी छन् । अर्थात कक्षाकोठाबाट तेस्रो हुँदै उनी उत्तिर्ण भइन् । त्यसले पनि आफुमा सन्तुष्टि जागेको कमलाको भनाई छ । परिवारको साथ, विद्यालयको हौसला र समाजको समेत प्रेरणा मिलेको उनको भनाई छ । 

उनी भन्छिन, ‘बिबाहसँगै पढाई टुंगिएको महसुस भइरहेको थियो गाउँपालिकाले बुहारी शिक्षा सुरु गर्यो अनी पढ्न आएँ ।’ बिहान घरको काम भ्याएर दिउशो उनी कक्षा कोठामा बसेर शिक्षा लिने गरेकी छन् ।  चुलाचुली गाउँपालिकाले गएको वर्षदेखी ‘बुहारी शिक्षा’ सुरु गरेको हो । यो शिक्षा सुरु भएदेखी बिबाहसँगै पढाई छोडेकाहरुलाई राहत भएको छ । कमला जस्तै अन्य पाँच जनाले हाल चुलाचुलीमा निशुल्क अध्ययन गरिरहेका छन् । 

गाउँपालिकाले बिबाह पछि अध्ययन गर्न चाहाने बुहारीहरुलाई निशुल्क शिक्षा सुरु गरेको छ । यो शिक्षासँगै यहाँका बुहारीहरु समेत अध्ययनमा आउन थालेका छन् । पहिलो वर्ष नै गाउँपालिका भित्र पाँच जना बुहारीहरु भर्ना भएर अध्ययन गरिरहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख राम मिश्रले बताए । उनले हाल कक्षा ११ को भर्ना चलिरहेकाले यस वर्ष समेत बुहारीहरु भर्ना हुँदै गरेको बताए ।

स्थानिय सरकारले स्थानिय जनताका साना साना विकासका अपेक्षा पुरा गर्नु पर्दछ भन्ने बुझेर नै कार्यक्रमको थालनी गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनले ठुला ठुला महल बनाउँदा मात्र विकास नहुने समाज शिक्षित बनाउन सके पनि ठुलो विकास हुने बताए । जनतालाई शिक्षित गराउनु नै पहिलो विकास भएको उनको भनाई छ । 

गाउँपालिकामा ‘बुहारी शिक्षा’, बिद्यालयलाई निशुल्क बस वितरण, गाउँपालिकामा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएसँगै गाउँपालिका अध्यक्ष केरुङको शिक्षा क्षेत्रमा नाम कहलिएको छ ।  उनले भने ‘स्थानिय सरकारले जनताको प्रतक्ष पिरमर्का बुझेर काम गर्नु पर्दछ भन्ने राम्ररी बुझेको छु ।’ केरुङले गाउँपालिकामा जितेर आएपछि यो कार्यक्रम सुरु गरेका हुन् ।

चुलोचम्कामा मात्र सिमित रहेका बुहारीहरुलाई शिक्षा दिक्षा दिए मात्र परिवार शिक्षित र समृद्ध बन्ने भएकाले गाउँपालिकाले यो कार्यक्रम थालेको उनी बताउँछन् । उनले एउटी आमा शिक्षित भएमात्र छोराछोरी शिक्षित हुने भएकाले पनि यो कार्यक्रम थालिएको बताए । उच्च शिक्षाको दायित्व स्थानिय सरकारले लिने गरि सो कार्यक्रम सुरु गरिएको अध्यक्ष केरुङको भनाई छ ।

गाउँपालिका भित्र रहेका बुहारीहरुले जनता मावि चुलाचुली २, बालज्योती मावि चुलाचुली ४, र राष्ट्रप्रेमी मावि चुलाचुली ६ फुङ्नाम गरी तीनवटा विद्यालयमा बुहारी शिक्षा अध्यापन भइरहेको छ । घरब्यवहारमा लागेर पढाईछोडेका महिलाहरु घरको कामसँगै अध्ययन गर्न आउन थालेसँगै गाउँपालिकाको यो कार्यक्रम समेत सफल बन्दै गएको छ ।

६ वटा वडा रहेको यस गाउँपालिकामा जम्मा २० वटा सामुदायिक विद्यालय र ७ वटा निजि विद्यालयहरु सञ्चालित छन् । गाउँपालिकाले जनता माविमा बिद्यालय बस समेत वितरण गरेको छ । यस बिद्यालयमा सिभिल इन्जिनियरिङको कक्षा समेत सञ्चालनमा रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा जाँच गाउँ !

जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...

कुलतको दलदलमा युवा, लागुऔषधले निम्त्याउँदै सामाजिक संकट

काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...

श्रमदान अभियानका अगुवा प्रसाद राई : पुलदेखि आत्मरक्षासम्म समाजसेवामा सक्रिय

धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...

पाकेको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानु हानिकारक

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...

रास्वपा लुम्बिनी अधिवेशन : सभापतिमा शालिकराम र गोपालबीच पुनः मतदान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...

टहरा हटाउने क्रममा भीरबाट खसालियो टेम्पो, पीडित भन्छिन्– ‘रोजीरोटीको आधार नै खोसियो’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending