Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

अरुण नदीमा पानीको बहाव बढेपछि सतिघाट फेरी सेवा बन्द

खबरडबली संवाददाता

संखुवासभा। पानीको बहाव बढेपछि संखुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतिघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो ।

खाँदबारी नगरपालिका–९ सतिघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। नदी धमिलो हुनुका साथै बहाव तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

सतिघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई संखुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि यहाँ फेरी सञ्चालनमा ल्याइएको थियो ।

संघीय र प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट जनही ७५ लाख रुपियाँ तथा षडानन्द नगरपालिकाबाट ५५ लाख रुपियाँ लगानी गरी फेरी निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

फेरी बन्द भएपछि षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई आवतजावत तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । वर्षायाममा नदीमा पानी बढेपछि फेरी पूर्ण रूपमा बन्द हुने र झोलुङ्गे पुल हुँदै सामान बोक्नुपर्ने बाध्यता रहेको स्थानीय रबिन तामाङले बताए।

उनका अनुसार अरुण नदीमा पक्की पुल नहुँदा उत्तरी क्षेत्रका नागरिकले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । “सडक विस्तार भइरहेको छ तर नदीमा पुल नहुँदा विकासले गति लिन सकेको छैन,” उनले भने।

स्थानीयका अनुसार फेरी वर्षमा करिब छदेखि आठ महिना मात्र नियमित सञ्चालन हुने गरेको छ । हिउँदमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म सेवा सञ्चालन भए पनि बर्खामा पटक–पटक अवरुद्ध हुने गरेको छ । फेरीबाट दैनिक १०० भन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

फेरीले तत्काल समस्या समाधानमा केही राहत दिए पनि दीर्घकालीन समाधानका लागि सतिघाटमा पक्की पुल निर्माण आवश्यक रहेको नगर प्रमुख उदासले बताए उनले पुल निर्माणका लागि सम्बन्धित निकायमा पहल भइरहेको जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...

प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending