Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

नेपालको राजनीतिले नबुझेको संघीयता

कुमार दाहाल
कुमार दाहाल

सपनालाई यथार्थमा परिणत गर्ने नीति राजनीति हाे । त्यसैले राजनीतिभित्र कुनै सीमा हुँदैन । असिमित चाहना र प्रवृत्तिकाे प्रतिनिधित्व राजनीतिले गर्छ । त्यसैले याे अति लचिलो र कठोर हुने गर्छ ।

राजनीतिको लचिलोपन प्रजातन्त्र हो, कठोर निरंकुशता । दुवै तन्त्रमा अन्तर्निहित सपनाहरु हुन्छन्। यिनै सपनाहरुले कुनै शासनप्रणाली र कुनै संरचनाको रुपमा राज्यमा शासन गर्छन् । राजनीतिलाइ खराब, अबिस्वास, र आलोचनाले सधैभरी सच्याउने  गर्छ। त्यसैले राजनीति  नेताहरु गल्ती गर्न डराउँदैनन् । यही गल्तीले काेही ठुला र प्रख्यात नेता बन्छन् । काेही  जेल जान्छन। संसारकै राजनीतिको लागि यो अस्वभाविक कुरा होइन ।

संघीयता यही राजनीतिको अभिष्ट पुरा गर्ने संरचना हो। संघीयतामा शक्ति र अधिकारको विस्तार हुन्छ । यही विस्तारमा राजनीतिले आफ्नो ध्येय पूरा गर्छ। राजनीतिको मुख्य ध्येय जनतामाथि शासन गर्नु हो । त्यसैले जुनसुकै प्रकारको शासनमा पनि राजनीति रमाउने गर्छ । हाम्रो राजनीति अहिले संघीयतामा रमाए जस्तो देखिन्छ ।

संघीयताको आलोचना र टिप्पणीमा राजनीति क्षेत्रको खासै चिन्ता छैन। किनकि हाम्रो संघीयता देशको आवश्यकता भन्दा  राजनीतिक आवश्यकतामा बढी नजिक छ। एकात्मक शासनका खराबीबाट  आएको संघीयता ति खराबी भन्दा कति उत्तम छ। यसैमा हाम्रो संघीयताको मूल्यांकन हुनेगर्छ ।

हामीले शासनप्रणालीमा प्रश्न गरेका छैनौ। संरचनामा प्रश्न गर्छौ। अहिले पनि महिनौं दिन संसद चल्दैन । विश्वास र अविश्वासको मतविभाजनमा राजनीति रमाएको छ । संघीयताले जनताको घरदैलोमा विकास लैजान्छ। तर त्यही घरदैलो सम्म पुग्ने कानून बनाउने संसद अवरुद्ध छ ।  संसारको राजनीति अहिले  संरचनाको फेरबदलमा होइन। जनताको सपना पुरा गर्ने  संयन्त्रको खोजीमा छन्। हामी‌ धर्म, समाज र शासनको विषयमा राजनीति गर्छौ ।  किनकि हामीलाई जनताले नबुझ्ने कुरामा बढी विश्वास लाग्छ ।

स्रोत संघीयताको अनिवार्य सर्त होइन। तर हामी स्रोतसँग संघीयताको सफलता देख्छौं । संघीय संरचनाले स्थानीय स्रोतको खोजि गर्छ र गर्नुपर्छ। आफैले कमाएर चल्नसक्ने संघीय संरचना हामीले बनाएकै ‌होइन। हाम्रो संघीयतामा स्थानीय स्रोत भन्दा केन्द्रीय स्रोत र साधनको अपेक्षा बढी छ। यसको अर्थ हाम्रो वित्तीय संघीयता राजनीति संघीयताको तुलनामा कमजोर छ ।राजनीति संघीयताको आकांक्षा खोज्ने नेताहरुले यसको दिगोपनमा ध्यान दिएका छैनन् ।

आज फेरि  संघीय संरचनाको विषयमा प्रश्न उठ्न थालेको छ । के हाम्रो संघीयताको मोडेल टिक्छ ? संघीयताले होइन राजनीतिक खराबीले यो प्रश्न जन्माएको हाे । राजनीतिक स्वार्थका लागि  राजनीति प्रदेशमा सरेको छ। प्रदेशको  बहुमत र अल्पमत झेलकाे राजनीतिले विकासमा बाधा पारेको छ ।यो बाधालाई  हाम्रो राजनीतिले प्रजातान्त्रिक अभ्यास ठान्छ । तर  केन्द्रीय खराब राजनीतिबाट दिक्क भएका मतदाताहरु प्रदेशको मतविभाजनको राजनीतिमा खासै चासो राख्दैनन् ।

यद्दपी यसको असर उनीहरूको घर दैलोसम्म पुगिसकेको छ । गरिबी, राेजगारी, उत्पादन, उधमशिलता, बजार ,समाज सुधार र विकासका लागि राजनीति र राजनीतिज्ञमा एकता हुनु जरुरी छ । जबसम्म यो हुँदैन हामी उन्नत विकास तर्फ फड्को मार्न सक्तैनौं ।

संघीयता शासनप्रणालीको अनुशासन हो । यो अनुशासन विकास समृद्धि, र सुशासन तर्फ केन्द्रित  हुनुपर्छ। किनकि हामी एक्काइसौं शताब्दीमा पनि सीमान्त अवस्थामा छौ। हाम्रो जीवन, पद्धति, धारणा, विचार,  सबै सीमान्त अवस्थामा छन । तर हामी संघीयताको सीमामा बस्न रुचाउँदैनौ । राजनीति अधिकारभन्दा ऐन कानुनको अधिकारमा अल्मलिने हाम्रो राजनीतिले यसको मर्म बुझ्नै सकेन।  किनकि संघीयतामा अधिकार  र राजनीतिक स्वार्थको त्याग महत्वपूर्ण हुन्छ ।

शासनमा केन्द्र बलियो र अनुशासित हुनुपर्छ । तब मात्र तल्ला एकाइहरू मजबूत हुन्छन । यो  मजबुतीकाे आधार नै सुशासन हो । तर हाम्रो राजनीति सिद्धान्त  र विचारबाट होइन व्याक्तीको सपना र इच्छाबाट चलेको छ ।

त्यसैले संघीयताको तल्लो तह र केन्द्रीय तह  बिचमा पद्धति र नीतिमा एकरुपता छैन । आफ्नै राजनीति र आफनै मोडलले देश विकास हुँदैन । राजनीति भित्रका सिद्धान्त र विचारहरूको एकरुपता हुनुपर्छ। अहिले कुन क्षेत्रमा कसको के कति पकड छ भन्ने आधारमा तीनै तहका सरकार भित्रको राजनीतिक उपस्थिति हेरिन्छ ।

जनतालाई दिएको  याे अवसरले विकासमा उल्लेख्य योगदान दिन सकेको छैन। ।यस्ता तथ्यहरु अनियमितता भ्रष्टाचार र व्यक्तिगत स्वार्थका  रुपमा  आउदैछन्। जबसम्म संघीयताको मर्म र धर्मलाई राजनीतिक दलहरुले बुझ्दैनन् । हाम्रो राजनीतिक पद्धति, शासन प्रणाली र संरचनामा  सधैभरी प्रश्न उठिरहन्छ। यसको समीचीन जवाफ मूलतः राजनीतिक दलहरुले नै खेप्नुपर्छ ।

विगत १० वर्षमा संघीयता धेरै ठाउँमा पुग्यो.। हामी राजनीतिक र व्यक्तिगत स्वतन्त्रताको चरम उत्कर्षमा पुग्यौं ।तर रोजगारी बढेन, स्थानीय सरकारले बसाई सराई रोक्न सकेन । स्थानीय उत्पादन घटेर गयो।संघीय  सरकारको जस्तै राजनीतिक अस्थिरता प्रदेश सरकारमा रह्यो ।

संघीय सरकारले प्रदेश  र स्थानीय तहमा आवश्यक कानुन र स्रोत उपलब्ध गराउन सकेन।   खराबीका बाबजुद पनि स्थानीय सरकार सुशासनको धरातल‌ बन्दैछ  । राजनीति भित्रको नीति अनुशासित नभएमा र केन्द्र बलियो बन्न नसकेमा यो धरातल दीगो हुँदैन । जुन प्रयोग विकेन्द्रीकरणको रुपमा हामीले अगाडि गरिसकेका छौं। स्थापित भइसकेका संघसंस्थालाई भत्कायौँ । अब फेरी बनाउने निस्वार्थ भावना अहिलेको राजनीतिमा देखिँदैन। हाम्रो लागि यो ठूलो दुर्भाग्य बन्दैछ ।

संसारमा राजनीति सच्चिँदैन । यसभित्रको पद्धति विचार सिद्धान्त र व्यक्ति सच्चिनु पर्छ ।हाम्रोमा संघीयता अवसरको रूपमा छ । घर दैलोसम्म जनतालाई सेवा पुर्याउने योभन्दा अर्को माध्यम हुनै सक्दैन । हाम्रो राजनीतिले  संघीयताको अवसर र मर्मलाई बुझ्नुपर्छ ।

अहिले राजनीति आफ्नै दाउपेचमा छ । यो हाम्रो विगतदेखिकै प्रवृत्ति हो ।यसले अर्को संरचनाको खोजी नगर्ला भन्न सकिँदैन। परिस्थिति त्यस्तै बन्दैछ । परिवर्तन खोज्नुभन्दा यसको संस्थागत गर्ने रुचि हामीले देखाउन सक्नुपर्छ। यो प्रयोगको राजनीति, संरचना र शासन प्रणालीले हामी  उँभाे लाग्न सक्दैनौं ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

शनिबारसम्म तराईमा तातो हावाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ । महाशाखाले ...

३२ वर्षदेखि अतिक्रमणमा कारागारको डेढ विघा जग्गा, अदालतको आदेश पनि कार्यान्वयन भएन

राजविराज । सप्तरीको राजविराजस्थित कारागार कार्यालयको डेढ विघाभन्दा बढी सरकारी जग्गा तीन दशकभन्दा लामो समयदेखि अतिक्रमणमा पर्दा पनि राज्य संयन्त्रले फि...

द्वन्द्वकालीन यौन हिंसामा कानुनी न्याय मात्र पर्याप्त छैनः देवी खड्का

काठमाडौं । द्वन्द्वकालीन यौन हिंसाका पीडितहरूले कानुनी निर्णय मात्र पर्याप्त नहुने भन्दै सामाजिक दृष्टिकोण, संस्कृति र राज्यको व्यवहारमा परिवर्तन आवश्...

‘शरणार्थीको रेकर्ड व्यवस्थित गर्न खोज्दा राजद्रोह कसरी हुन्छ ?’ — खाण पक्षको जिकिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण का तर्फबाट बहस गर्दै कानुन व्यवसायीहरूले उनीमाथि लगाइए...

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको शतप्रतिशत मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा उपसभापति स्वर्णिम वाग्लेले प्रवासबाट...

प्रदेश सभा खारेजीको रास्वपा एजेण्डामा कांग्रेस, एमाले र नेकपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट अघि सारेको प्रदेश सभा खारेजीसहित संघीय संरचना पुनर्संरचनाको प्रस्ताव प्रति प्रमु...

ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त

काठमाडौं । ग्रेटर नेपाल अभियन्ता फणीन्द्र नेपाल थुनामुक्त भएका छन् । उनी चेक अनादर मुद्दामा २ वर्ष कैद तोकिएपछि डिल्लीबजार कारागार चलान भएका थिए । ...

जुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षाजुन महिना सुक्खा रह्यो, औसतको ७० प्रतिशत मात्र वर्षा

काठमाडौं । नेपालमा यस वर्षको जुन महिनामा अपेक्षाकृत कम वर्षा भएको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि जुन २५ (जेठ १८ देखि असार ११...

फेवातालमा सुरक्षा कडाइ : कास्की प्रशासनको १९ बुँदे निर्देशन

पोखरा । फेवातालसहित कास्कीका तालहरूमा जल पर्यटन गतिविधि अव्यवस्थित बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले डुङ्गा, कायाकिङ र सर्फिङ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending