Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज नहुँद बजारमा अभाव

विभागले थाल्याे अनुगमन, पर्न थाले व्यापारी कारबाहीमा

खबरडबली संवाददाता

काठमाडौं । भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । भरत सरकारले प्याज आयातमा ४० प्रतिशतसम्म कर लगाए पछि नेपाली बजारमा प्याजकाे अभाव देखिन थालेकाे हाे । 

काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् र भएका प्याज समेत बजारमा पठाएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा सोमबार र मङ्गलबार प्याज नआएको बताइएकाे छ ।

दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा दुई दिनदेखि ठप्प रहेको कालीमाटी फलफूल तथा तरकारी बजारका  सूचना अधिकारी विनय श्रेष्ठले बताए । गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दात सकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज नै नभएकाे उनकाे भनाइ छ । कालीमाटीमा आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको उनले बताए ।

बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ । भएको मौज्दात सकिएकाे र व्यापारीले ल्याउने कुरा उतै (भारत) बाट नपठाएकाे भन्ने अनाैपचारीक रुपमा सुनिएकाे उनले बताए ।

बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीबाट नै हटाइएकाे श्रेष्ठले बताए । भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत भएको छ ।

विभागले थाल्याे अनुगमन,  पर्न थाले व्यापारी कारबाहीमा

पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ । कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए ।

उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेकाे र आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको उनले बताए । अहिले मुख्यगरी प्याजका आयातकर्ता र गोदाममा अनुगमन गरिरहेकाे ठाकुरकाे भनाइ छ । व्यापारीले प्रतिकिलो ४८ मा किनेको प्याज प्रतिकिलाे ६८ देखी ८० सम्ममा बेच्ने गरेको अनुगमनबाट खुलेकाे ठाकुरले बताए । यसरी मूल्यवृद्धि र कालोबजारी गर्ने व्यापारीलाई विभागले तत्काल अधिकतम तीन लाखसम्म जरिवाना गर्ने गरेको महानिर्देशक ठाकुरले जानकारी दिए । 

विभागले बजार अनुगमनका क्रममा सोमबार तीनवटा व्यापारीलाई जनही २० हजार, दुई व्यापारीलाई जनही ५० हजारका दरले जरिवाना गरेको थियो भने चारवटा आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो । त्यस्तै मङ्गलबार अनुगमनका क्रममा १२ तरकारी व्यापारीलाई जरिवाना गरेको थियो भने पाँच व्यापारीसँग थप अनुसन्धानका लागि कागजात माग गरेकोे थियो ।

भारतले चामल प्याज हुदै चिनीको समेत प्रतिबन्ध लगाउने तयारीमा रहेको छ । प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो २० रुपैयाँ बढेर ८० रुपैयाँमा बिक्री भएको थियो 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending