काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् ।
आइतबार प्रतिनिधिसभा आर्थिक विधेयक, २०८३ माथि छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएको हो ।
उनले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्ने स्पष्ट पारे।
केही निजी विद्यालयमा मात्र समता शुल्क प्रस्ताव गरिएको उल्लेख गर्दै उनले त्यहाँ मासिक १० हजार रुपियाँ शुल्क तिर्ने अभिभावकले करिब तीन सय रुपियाँ अर्थात तीन प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको बताए।
उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा भुइँमान्छे, सीमान्तकृत, दलित र न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारका लागि खर्च गरिने उनले जानकारी दिए।
उनकाअनुसार सानासाना योगदान सङ्कलन गरेर सार्वजनिक शिक्षाको उन्नयन गर्ने उद्देश्यसहित समतामूलक नीति अघि सारिएको हो ।समता करको विरोध भइरहेकोप्रति आश्चर्य व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले यस्तो नीति विशेषगरी समानता र सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक दल तथा सांसदहरूले स्वागत गर्नुपर्ने बताए।
उनले मध्यम वर्गमा समता करको असर पर्न नदिन व्यक्तिगत आयकरमा छुट दिएको बताए। उनले स्वास्थ्य क्षेत्रमा लगाएको समता कर पनि सोही अनुसार भएको बताए।स्वास्थ्य समता कर मार्फत उठेको रकम स्वास्थ्य क्षेत्रको सुधार गर्ने बताए ।
उनले समता कर भुइँमान्छे र गरिबको लागी नै ल्याएको बताए। कर लगाएर राजश्व सङ्कलन नगरेमा देश नबन्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...
आषाढ़ १४ गते, २०८३ - १४:२९
काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:०९
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...
आषाढ़ १४ गते, २०८३ - १३:५४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...
आषाढ़ १४ गते, २०८३ - १३:२५
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...
आषाढ़ १४ गते, २०८३ - १३:१३
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग मा...



प्रतिकृया लेख्नुहोस्: