पोखरा । लामो समयदेखि सुस्ताएको र्यान्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ ।सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो ।
यसअघि सोसाइटीकाउपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष रहेका उनी हाल शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । शिक्षणसँगै साहित्य सिर्जना र सञ्चार क्षेत्रमा समेत उनी क्रियाशील छन् ।
२०६७ मा स्थापना भई पठन संस्कृतिको विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको सोसाइटी कोरोनाको महामारीपछि सुस्ताएको थियो । संस्थालाई थप गतिशील बनाउने उद्देश्यले गठित कार्यसमितिको उपाध्यक्षमा अनुपमणि अधिकारी र गौरी तमु, सचिवमा नेपाल प्रकाश अधिकारी, कोषाध्यक्षमा ध्रुव केसी र सहसचिवमा दीपक पराजुली रहेका छन् । यस्तै, सदस्यहरूमा अमृत सुवेदी, रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, बाबुराम सुवेदी, दुर्गा राना र एलिसा विक रहेका छन् । एक महिला सदस्य पछि थपिने सचिव नेपाल प्रकाश अधिकारीले जानकारी दिए ।
त्यसै गरी समितिको पहिलो बैठकबाट सल्लाहकारहरूमा पूर्वअध्यक्षत्रय गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने तथा पूर्व कोषाध्यक्ष मीरा ढकाल चयन भएकाछन् । सोही बैठकले निवर्तमान अध्यक्ष केशवशरण लामिछानेको संयोजकत्वमा हसिना बस्नेत र विजय भण्डारी सदस्य तथा संस्थाका अध्यक्ष र सचिव पदेन सदस्य रहने गरी पुस्तक छनोट समिति पनि गठन गरेको छ ।
यसै बिच, नयाँ कार्यसमितिले पहिलो कार्यक्रम आगामी भदौ ३० गते शनिबार डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि गणेश कार्कीको परिचर्चासहित सञ्चालन गर्ने बताइएको छ । हरेक महिनाको अन्तिम शनिबार बिहान ८ बजे हिमालयन रिडर्स कर्नरमा हुने कार्यक्रमलाई निरन्तरता दिनुका अलावा केही नयाँ योजनासहित समिति अघि बढ्ने संस्थाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: