बेनी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले माग गरेका हुन् । अहिले बेनी–जोमसोम सडकका सवारी साधन बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् ।
यसअघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्र्याक खनिएकाले सडकको मर्मत गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको वैकल्पिक मार्ग तयार हुने जिल्ला समन्वय समितिका निवर्तमान सदस्यसमेत रहनुभएका गाडपारका अगुवा मेखबहादुर गर्वुजाले जानकारी दिए ।
दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेससमेत बगाउन थालेपछि बेनी–जोमसोम सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध बनेको छ । दानाको ठाँटीटोल र गाडपार जोड्ने बेलिब्रिजका लागि दुवैतर्फका भूगोलसमेत पक्की रहेकाले पहिरोको दीर्घकालीन रोकथाम नहुँदासम्म वैकल्पिक सडकले राहत दिने गर्बुजाले बताए । “हामीले पटक–पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छौँ, गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पनि ध्यानाकर्षण गराएका छौँ, कम्तीमा बेनी–जोमसोम सडक खण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरुले भोग्दै आएको सास्ती हट्ने थियो”, गर्वुजाले भने ।
दाना क्षेत्रका विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । यस सडक आयोजनाअन्तर्गत अहिले बेनीदेखि नारच्याङपुलसम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सञ्चालनमा रहेको छ ।
सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङको घरापसम्म नै सर्वसाधारण र पर्यटकहरुले पैदल हिँडेर आवतजावत गर्नुपरेको छ । विदेशी पर्यटक र तीर्थयात्रीले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक खण्डका बीचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको र मर्मत गरी सञ्चालन गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताए ।
कालीगण्डकीको तीरदेखि नै सडकको बेस भत्किएकाले सडक मर्मत गरी सञ्चालन गराउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ भने बिरामीलाई अस्पताल जान पनि सकस भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - ०९:०९
बैतडी । पाटन नगरपालिका–६ मा रहेको सूर्नयागाड जलविद्युत् आयोजना दुई वर्षदेखि बन्द हुँदा आसपासका बस्ती अन्धकारमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् ...
बैशाख ३ गते, २०८३ - ०९:०१
काठमाडौं । २१ फागुनको चुनावी परिणामपछि नेपाली कम्युनिस्ट वृत्त फेरि चलायमान भएको छ। चुनावमा अपेक्षाभन्दा कमजोर प्रदर्शनपछि नेपाल कम्युनिस्ट पार्टी (एक...
बैशाख ३ गते, २०८३ - ०८:५७
काठमाडौं । बैंकमा पैसा छ, तर मालिक बेखबर। यस्तो “निद्रामा” परेका खाताको संख्या नेपालमा ३६ लाख नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म...
बैशाख ३ गते, २०८३ - ०८:५३
काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चल...
बैशाख ३ गते, २०८३ - ०८:५१
काठमाडौं । संघीय सरकारको परिपत्रविपरीत केही स्थानीय तहले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन् । केन्द्र सरकारले वैशाख १५...
बैशाख ३ गते, २०८३ - ०८:४९
प्युठान । प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका...
बैशाख ३ गते, २०८३ - ०८:१३
काठमाडौं । संघीय संसद् अन्तर्गतका विषयगत समितिको सभापति चयन प्रक्रिया अघि बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११ वटा समितिको नेतृत्व आ...
बैशाख ३ गते, २०८३ - ०८:०९
काठमाडाैं । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा देखिएको जलवायु परिवर्तनको प्रभाव अब सिधै धारा, इनार र चापाकलमा महसुस हुन थालेको छ। चैत नसकिँदै महोत्तरीको ...
बैशाख ३ गते, २०८३ - ०८:०७
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको श...
बैशाख ३ गते, २०८३ - ०८:०६
चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न...


प्रतिकृया लेख्नुहोस्: