बेनी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले वैकल्पिक सडकको माग गरेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिराले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
पहिरोग्रस्त क्षेत्रको विकल्पमा नारच्याङको गाडपार र दानाको ठाँटीटोल जोड्ने गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाएर वैकल्पिक मार्ग सञ्चालनमा ल्याउन स्थानीय र सरोकारवालाले माग गरेका हुन् । अहिले बेनी–जोमसोम सडकका सवारी साधन बेनीबाट नारच्याङ गाउँ हुँदै घरापमा पुगेर रोकिने गरेका छन् ।
यसअघि नै घरापदेखि गाडपार हुँदै कोप्चेपानीसम्म सडकको ट्र्याक खनिएकाले सडकको मर्मत गरी कालीगण्डकी नदीमा बेलिब्रिज बनाउन सकेमा दानाको पहिरोग्रस्त जोखिमयुक्त ठाउँको वैकल्पिक मार्ग तयार हुने जिल्ला समन्वय समितिका निवर्तमान सदस्यसमेत रहनुभएका गाडपारका अगुवा मेखबहादुर गर्वुजाले जानकारी दिए ।
दानाको गुइँठे, सुकेबगर, जलथले, खामभिक्ता लगायतका क्षेत्रमा पहिरोले कालीगण्डकीको नदी तीरबाटै बेससमेत बगाउन थालेपछि बेनी–जोमसोम सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध बनेको छ । दानाको ठाँटीटोल र गाडपार जोड्ने बेलिब्रिजका लागि दुवैतर्फका भूगोलसमेत पक्की रहेकाले पहिरोको दीर्घकालीन रोकथाम नहुँदासम्म वैकल्पिक सडकले राहत दिने गर्बुजाले बताए । “हामीले पटक–पटक बेलिब्रिज बनाउन माग गर्दै आएका छौँ, गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनालाई पनि ध्यानाकर्षण गराएका छौँ, कम्तीमा बेनी–जोमसोम सडक खण्डका विभिन्न ठाउँमा रहेका बेलिब्रिजलाई यहाँ स्थानान्तरण गर्न सके अहिले यात्रुहरुले भोग्दै आएको सास्ती हट्ने थियो”, गर्वुजाले भने ।
दाना क्षेत्रका विभिन्न ठाउँमा खसेको पहिरोले सडकमा ठूलो क्षति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । यस सडक आयोजनाअन्तर्गत अहिले बेनीदेखि नारच्याङपुलसम्म र दानादेखि जोमसोम खण्डको सडक मात्रै सञ्चालनमा रहेको छ ।
सडक अवरुद्ध भएपछि घाँसादेखि नारच्याङको घरापसम्म नै सर्वसाधारण र पर्यटकहरुले पैदल हिँडेर आवतजावत गर्नुपरेको छ । विदेशी पर्यटक र तीर्थयात्रीले हिलोमा जोखिम मोलेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । सडक खण्डका बीचमा पर्ने दाना क्षेत्रमा मात्रै दर्जनौँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनेको र मर्मत गरी सञ्चालन गराउने प्रयास जारी रहेको सुपरभाइजर शेरचनले बताए ।
कालीगण्डकीको तीरदेखि नै सडकको बेस भत्किएकाले सडक मर्मत गरी सञ्चालन गराउन समस्या भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दानामा खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सामग्रीको ढुवानीमा समेत समस्या भएको छ भने बिरामीलाई अस्पताल जान पनि सकस भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: