ऋणै ऋण अनि व्यवहारिकताको पहाडले थिचे पछि
दुखै दु:खको जञ्जिरले कसिएको लाले
आफ्नै मृत्यूको सम्झौता गोजीमा राखेर
समृध्द सपनाको झोला बोकेर
हिजो तिम्रै हत्केला बाट कतार उडे,
ओई विभेदकारी एअरपोर्ट
किन भनेनौ लालेलाई शुभ-यात्रा...?
किन दिएनौ बधाई ...?
किन दिन सकेनौ वैदेशिक यात्रा सफलताको शुभकामना ?
तिम्रो छाती अघि गहभोरी
टिलपिल टिलपिल आँसु बोकेर
थोत्रो कपडा संगैँ चुँडिएको चप्पल माथि उभिएको
लालेको टिठलाग्दो फोटो
किन राखेनौ फेसबुकमा उनै लालेलाई ट्याग गरेर...?
अस्ति मास्टर जनकका श्याम सुन्दर
पढन अष्ट्रेलिया उडदा
सुवेदारका छोरा अमेरिका जादा
अनि
बैदार कान्छाका नाति कोरिया छिर्दा
ओई विभेदकारी एअरपोर्ट
किन रङगाएको फेसबुकका वालहरु
अमेरिकाको यात्रा सफल रहोस्
कोरिया उडेकोमा बधाई
अष्ट्रेलिया बसाइँ सुखद रहोस भन्दै ।
लाले दुखम सुखम गरेर
बुडियालाई ल्याएको प्रेमको चिनो सामसुङ ग्यालेक्सी
आमाको दशधारा दूध कटौतिको तिलहरीको सुन
छोराछोरीको खेलौना
ओई विभेदकारी एअरपोर्ट
किन हराउछ तिम्रै काखबाट...?
किन खोसिन्छ तिम्रै हातबाट...?
किन सुरक्षित हुदैन तिम्रो गोजी...?
ठूलाबडाहरु
कति आउछन कति जान्छन
के ल्याउछन के लान्छन्
ओई विभेदकारी एअरपोर्ट
जाबो आठ आना सुन देख्नेले
किन देख्दैनौ क्वीन्टल सुन
कसरी छिर्छन एपल १३ प्रो म्याक्सका कार्टुन
लालेका झोला च्यातिदा
किन च्यातिदैन बडाहरुका झोला...?
ओई विभेदकारी एअरपोर्ट
कहिलेकहीँ त लाग्छ तेरो विभेदी आँखा फुटालेर
तेरै टर्मिनल अघि उभ्याउन मन लाग्छ
स्वयम्भूका दुई आँखा
जसले सबैलाई समान देखून......!
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - ०९:४०
आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...
बैशाख ५ गते, २०८३ - ०९:३३
हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...
बैशाख ५ गते, २०८३ - ०९:१५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख ५ गते, २०८३ - ०९:१३
काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले च...
बैशाख ५ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ...
बैशाख ५ गते, २०८३ - ०९:०५
आधा सिलिन्डर नीति र बिजुलीमा बढ्दो निर्भरता बीच उद्योगीको चिन्ता
बैशाख ५ गते, २०८३ - ०९:००
गाेरखा । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता ...
बैशाख ५ गते, २०८३ - ०८:५६
काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक श...


प्रतिकृया लेख्नुहोस्: