काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक शनिबार असन क्षेत्र सवारीसाधनमुक्त रहनेछ।
कामपाकी कार्यवाहक प्रमुख सुनीता डंगाेका अनुसार कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धबाट असनसम्म लागू हुनेछ। उक्त अवधिमा सो क्षेत्रमा सबै प्रकारका सवारीसाधन प्रवेश निषेध गरिनेछ।
कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार बढ्दो सवारी चाप र अव्यवस्थित आवागमनका कारण भित्री सहरी क्षेत्रको सांस्कृतिक तथा सामाजिक जीवनशैलीमा असर पर्न थालेपछि यो कार्यक्रम सुरु गरिएको हो। उनका अनुसार मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै काठमाडौंको सांस्कृतिक पहिचान जोगाउने लक्ष्य राखिएको छ।
सांस्कृतिक गतिविधि सञ्चालन
शनिबार असन क्षेत्रमा रैथाने ज्ञान, सीप, सांस्कृतिक प्रस्तुति, गायन–वादन, नृत्य तथा परम्परागत व्यापारिक गतिविधिको प्रदर्शन गरिनेछ। जीवन्त सम्पदाको संरक्षण र पुस्तान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
सवारी व्यवस्थापन
कार्यक्रम अवधिमा जमलतर्फ कमलाछी सिंहढोकाबाट असनतर्फ, भोटाहिटी कलशढोकाबाट असनतर्फ तथा वीर अस्पतालबाट महाबौद्ध स्तूपतर्फ सवारी प्रवेश निषेध हुनेछ। इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्ली, न्हकेटला, ज्याठा अन्नपूर्ण स्कुल क्षेत्रबाट पनि प्रवेश रोकिनेछ।
असन आउने आगन्तुकहरूले Dharahara भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुललगायत तोकिएका स्थानमा सवारी पार्क गरी पैदलमार्गबाट असन प्रवेश गर्नुपर्नेछ।
कामपाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारीधनीहरूलाई अनुरोध गरेको छ। कार्यक्रम सफल भएमा भविष्यमा अन्य भित्री सहरी क्षेत्रमा पनि यस्ता पहल विस्तार गरिने संकेत गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - ०९:२८
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...
आषाढ़ १३ गते, २०८३ - ०९:२३
विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...
आषाढ़ १३ गते, २०८३ - ०९:२०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...
आषाढ़ १३ गते, २०८३ - ०९:१३
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...
आषाढ़ १३ गते, २०८३ - ०९:०३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...
आषाढ़ १३ गते, २०८३ - ०८:५९
झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...
आषाढ़ १३ गते, २०८३ - ०८:४७
काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...
आषाढ़ १३ गते, २०८३ - ०८:४५
काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...
आषाढ़ १३ गते, २०८३ - ०८:४३
काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...
आषाढ़ १३ गते, २०८३ - ०८:३९
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...



प्रतिकृया लेख्नुहोस्: