Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

खबरडबली संवाददाता

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो छैन । त्यही भएर नेपाली ग्राहकको घुइँचो लाग्नेगरेको छ । 

झापाको गौरीगञ्ज, मोरङको बरडंगा, रंगेली आदि क्षेत्र छोटी भन्सार क्षेत्र र नाकातिर सशस्त्र प्रहरी र भन्सार प्रशासनले १०० रुपियाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने उर्दी जारी गरेका छन् । उनीहरुले दिनहुँजसो माइकिङ गरेर उपभोक्तालाई सचेत बनाइरहेका छन् । 

नेपाली बजारको चरम महँगीले आहात भएका उपभोक्ताहरू सरकारी निर्देशनलाई चुनौती दिँदै भारतीय बजार जोगबनीतिर ओइरिनेक्रम रोकिएको छैन । विराटनगरको बजारको तुलनामा सीमापारीको जोगबनीमा नेपाली उपभोक्ताको चाप बढी छ । 

नेपाली र भारतीय बजारबिचको मूल्यमा हुने अन्तरका कारण उपभोक्ताहरु जोखिम लिएरै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । ग्रामीण क्षेत्रको छोटी भन्सार नाकामाजस्तो विराटनगरको रानी नाकामा सुरक्षाकर्मीले त्यति धेरै कडाइ पनि गरेको छैन । 

दैनिक उपभोग्यवस्तु चिनी, तेल र दालदेखि लत्ता कपडासम्मको मूल्यमा जोगबनी र विराटनगरबिच अन्तर छ । जसका कारण उपभोक्ताहरु सीमावर्ती बजार नै पुग्ने गरेका छन् । 

नेपाली बजारको तुलनामा जोगबनीमा खानेतेल प्रतिलिटर झन्डै १०० रुपियाँ सस्तो पर्छ भने चिनीमा प्रतिकिलो ३० रुपियाँसम्म बचत हुन्छ । महँगीले आजित भएका उपभोक्ताका लागि यो बचत ठुलो राहत हुने भएका कारण जोगवनीमा भिड लागेको हो । 

राजस्व चुहावट रोक्ने भन्दै गृह मन्त्रालयको निर्देशनमा मोरङ प्रशासनले नाकामा कडाइ गरेको बताएको छ । तर व्यवहारमा त्यसको प्रभाव परेको छैन । मोरङका स्थानीय व्यवसायीहरू आफ्नो व्यापार सुकेको भन्दै नाकामा कडाइ गर्न आग्रह गरिरहेका छन् । आम उपभोक्ताले भने जोगबनी जानु बाध्यता भएको बताउँछन् । 

नाकामा भेटिएका मोरङका उपभोक्ता प्रदीप ढकाल सरकारी नीतिको आलोचना गर्दै भन्न्छन्, ‘नेपालमा सामानको मूल्य सोध्यो भने आकाश छुन्छ, जोगबनीमा सस्तो पाइने भएपछि विदाको दिन पारेर यतै आउँछौं, यो हाम्रो बाध्यता हो ।’

ग्रामीण क्षेत्रका छोटी भन्सार नाकामा सशस्त्र प्रहरीले १०० रुपियाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्न माइकिङ गरिरहेको देखिन्छ । सामाजिक सञ्जालमा यस्ता भिडियोहरू भाइरल भए पनि मूख्य नाका रानीमा भने अवस्था उस्तै छ । इटहरी र सोभन्दा टाढाका सहरबाट पनि दैनिक हजारौँ उपभोक्ता जोगबनी पुगिरहेका छन् ।

मोरङ उद्योग व्यापार संघको अध्ययनअनुसार हरेक दिन विराटनगर हुँदै जोगबनी पुग्ने नेपालीले कम्तिमा ५ करोड रुपियाँ बराबरको किनमेल गरेर नेपाली मुद्रा भारत लैजाने गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले नाकामा कडाइ गरिएको बताए। उनले घरायसी सामान ल्याउने र व्यावसायिक प्रयोजनका लागि ल्याउनेलाई छुट्याएर हेर्न भन्सारलाई निर्देशन दिइएको बताए। 

पछिल्लो समय प्रहरी र सशस्त्र प्रहरीले व्यावसायिक रूपमा हुने तस्करी र ‘क्यारिङ’ लाई रोक्न बरामद गर्नेक्रम बढाएको छ । अवैध आयात पूर्ण रूपमा रोकिएको भने छैन । 

सुरक्षाकर्मीले पेशेवर झोले व्यापारीहरुलाई रोक्ने प्रयास गरको छ । सर्वसाधारण उपभोक्तालाई भने सहजै छाड्ने गरेका कारण पटक पटक सरकारले सीमामा कडाइ गर्न खोज्दा पनि कार्यान्वयन पक्ष कमजोर नै बनिरहेको देखिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending