काठमाडौं। काठमाडौं महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आवेदन माग गरेको छ । रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध गराउने उद्देश्यले महानगरले आवेदन माग गरेको हो ।
आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक सञ्चालन गर्ने योजना छ । सोही आधारमा उक्त नीति कार्यान्वयन गर्न आवेदन आह्वान गरेको महानगरले जनाएको छ ।
यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।
त्यसका लागि मा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ । यसपछि खुल्ने पेजमा सूचनाको ब्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन् । आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ ।
यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवरण भर्नुपर्छ । फारममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । यो फारम डाउनलोड गरेर भर्न सकिनेछ । भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् ।
श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुने तर काठमाडौँमा बसेको हुनुपर्ने राईले बताइन् । महानगरपालिकाले चालू आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइनेछ ।
यसबाट महानगरपालिकालाई आवश्यक पर्ने श्रम शक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिनेछ । यसले बेरोजगार रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ । श्रम संस्कृतिको विकास गर्छ । यस्तै वैदेशिक रोजगारीमा युवा श्रम शक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने राईको भनाई छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: