काठमाडौं। काठमाडौं महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आवेदन माग गरेको छ । रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध गराउने उद्देश्यले महानगरले आवेदन माग गरेको हो ।
आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक सञ्चालन गर्ने योजना छ । सोही आधारमा उक्त नीति कार्यान्वयन गर्न आवेदन आह्वान गरेको महानगरले जनाएको छ ।
यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।
त्यसका लागि मा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ । यसपछि खुल्ने पेजमा सूचनाको ब्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन् । आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ ।
यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवरण भर्नुपर्छ । फारममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । यो फारम डाउनलोड गरेर भर्न सकिनेछ । भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् ।
श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुने तर काठमाडौँमा बसेको हुनुपर्ने राईले बताइन् । महानगरपालिकाले चालू आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइनेछ ।
यसबाट महानगरपालिकालाई आवश्यक पर्ने श्रम शक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिनेछ । यसले बेरोजगार रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ । श्रम संस्कृतिको विकास गर्छ । यस्तै वैदेशिक रोजगारीमा युवा श्रम शक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने राईको भनाई छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: