Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ: मन्त्री ज्वाला

खबरडबली संवाददाता

दोधारा चाँदनी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन् । महाकाली पुलको शनिबार यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।

“पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ”, उनले भने, “यसलाई देशकै प्रमुख नाकाका रुपमा सञ्चालन गर्छौं ।” 

मन्त्री ज्वालाले महाकाली पुल बहुउपयोगी र शारदा व्यारेजको विकल्पका रुपमा रहेको बताए  । “यसले नेपाल–भारतलाई जोड्नुका साथै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ”, उनले भने, “पुलले महाकाली पारीको गाउँलाई पनि देशको मूलधारसँग जोड्ने छ ।”

पुल निर्माणका लागि कुनै पनि समस्या हुन नदिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए । पुल निर्माणको काम बजेट अभावले नरोकिने उनको भनाइ थियो ।

निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बजेट अभावले निर्माणको काम प्रभावित नहुने बताए । “पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ”, उनले भने, “पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छन् ।”

चार लेनको उक्त पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको इन्जिनियर पाण्डेयले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण अन्तिम चरणमा छ ।

सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।    

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending