काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताएका छन्।
अध्यक्ष साम्पाङले चार बुँदे कारण प्रस्तुत गर्दै प्रधानमन्त्रीको राजीनामा मागेपछि शाहीले प्रतिक्रिया दिएका हुन्।
शाहीले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै आधार नरहेको बताएका छन्।
उनले भनेका छन्, “माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ, प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन। याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।”
शाहीले सबै राजनीतिक शक्ति मिलेर देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले प्रधानमन्त्रीलाई प्रजातान्त्रिक र संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्दै भने, “हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसद्प्रति उत्तरदायी भइदिनुहोस्। किनकि संसद् जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद् नै हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८३ - १३:२८
बेइजिङ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको द...
जेष्ठ १ गते, २०८३ - १३:१४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । शुक्रबार राष्ट्रपति भवन शीतल न...
जेष्ठ १ गते, २०८३ - १२:३०
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–२५, हेमजामा विशेष ‘सरप्राइज चेकिङ’ गरेको छ । सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्यसम्...
जेष्ठ १ गते, २०८३ - १२:०७
काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्नु उचित नभएको बताए...
जेष्ठ १ गते, २०८३ - ११:५८
रौतहट। रौतहटमा एचआइभीरएड्स संक्रमितको संख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभ...
जेष्ठ १ गते, २०८३ - ११:४२
पाकिस्तान । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको...
जेष्ठ १ गते, २०८३ - ११:३०
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
जेष्ठ १ गते, २०८३ - ११:११
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि थप सात मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको छ । ...
जेष्ठ १ गते, २०८३ - ११:०४
काठमाडौं । देशको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । बुधबार सरकारले...
जेष्ठ १ गते, २०८३ - १०:५३
काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयन नभ...



प्रतिकृया लेख्नुहोस्: