Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

‘बचाउने आशा थियो, जहाज नआउँदा मुटुको टुक्रा गुमाएँ’

दुर्गमवासीको जीवनमाथि प्राधिकरणको खेलबाड

खबरडबली संवाददाता

काठमाडौं । झाडापखाला चलेपछि हुम्ला सिमिकोटका सुरज चुनारले ६ महिनाका छोरा इमरानलाई उपचारको लागि जिल्ला अस्पताल ल्याए। उपचारपछि झाडापखाला त रोकियो, तर बच्चालाई न्यूमोनियाले समात्यो। 

चार दिन अस्पतालमा भर्ना गरेर उपचार गर्दा समेत न्यूमोनिया ठिक नभएपछि जिल्ला अस्पतालका डाक्टरले साउन १८ गते थप उपचारका लागि बच्चालाई नेपालगन्ज रेफर गरे। तर रेफर गरेको हप्ता दिनसम्म जहाज कुर्दाकुर्दै साउन २६ गते इमरानको ज्यान गयो।

निर्विकल्प हवाई मार्ग

बिरामी छोरालाई सुविधायुक्त अस्पताल लैजान सुरजसँग हवाई मार्गबाहेक अरू केही विकल्प थिएन। छोरालाई बचाउन धेरै प्रयास गरेका उनी नेपाल नागरिक उड्डयन प्राधिकरणको गलत निर्णयका कारण आफूले छोरा गुमाउनु परेको भन्दै पीडा पोख्छन्।

“सुविधा सम्पन्न ठाउँमा लग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो, तर हप्ता दिनसम्म पनि जहाज नआउँदा मुटुको टुक्रा (छोरा) गुमाएँ”, उनले भने, “यस्तो नियम लागु गर्नु भनेको दुर्गमका बिरामीलाई मर्न बाध्य पार्नु हो।”

जिल्ला अस्पताल हुम्लाकी निमित्त प्रमुख सरिता बोहराले अस्पतालले रेफर गरेर पनि सुविधा सम्पन्न अस्पताल लैजान नसक्दा हप्ता दिनभित्रै २ जना बच्चाको मृत्यु भएको बताइन्।

“समयमै सुविधायुक्त अस्पतालमा लगेको भए बच्चाहरूलाई बचाउन सकिन्थ्यो”, उनले भनिन्, “१२ बजेसम्म मौसम खुल्दैन, दिउसो खुल्छ जहाज आउँदैन।”

साउन १५ गते रेफर गरिएका ७ महिनाका रोहित शाहीको पनि साउन २२ गते मृत्यु भएको थियो। बोहराका अनुसार दुवै बच्चालाई एनआइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्था थियो। तर यो सुविधा जिल्ला अस्पताल हुम्लामा छैन। अहिले पनि हप्ता दिन अघि रेफर भएर नेपालगन्ज जान नसकेका ३ जना सिकिस्त बिरामी अस्पतालमै छन्।

दुर्गमवासीको जीवनमाथि ‘प्राधिकरणको खेलबाड’

यस्तै मुगुको खत्याड गाउँपालिकाका ६० वर्षीय बिर्खबहादुर कार्कीको पनि जहाज कुर्दाकुर्दै ज्यान गयो। उपचारका लागि सुविधायुक्त ठाउँमा लैजान बाजुराको कोल्टी विमानस्थल पुगे पनि तीन दिनसम्म जहाज नआउँदा उपचार अभावमा उनले ज्यान गुमाएको उनका परिवारले बताए।

प्राधिकरणले साउन १५ गतेबाट पहाडी तथा हिमाली जिल्लाका साना जहाज चल्ने २९ वटा (स्टल एयरपोर्ट) विमानस्थलमा दिउसो १२ बजेपछि उडानमा रोक लगाएको जनाएको छ।

ती क्षेत्रका लागि भरपर्दो यातायात सेवाका रूपमा रहेका हवाई जहाज र हेलिकप्टरको सेवा १२ बजेपछि बन्द हुँदा आफूहरूले ठुलो सास्ती भोग्नु परेको त्यहाँका नागरिकको गुनासो छ। प्रत्यक्ष मार खोपेका उनीहरू हचुवाको भरमा गरिएको निर्णयले गर्दा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता सृजना भएको दाबी गर्छन्।

अहिलेसम्म पनि सडक सुविधा नपुगेका र सडक भए पनि भरपर्दो यातायात सेवा नभएका ठाउँमा प्राधिकरणले दिउसो १२ बजेपछिका उडानमा रोक लगाएपछि आपत्कालीन उद्धार, दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधी, निर्माण सामग्रीको ढुवानीमा समेत असर परेको पाइएको छ।

प्रायजसो दिउसोतिर मात्रै मौसम सफा

कर्णाली र सुदूरपश्चिमलगायत देशका अरू पहाडी तथा हिमाली क्षेत्रमा मनसुनको समयमा प्रायजसो दिउसोतिर मात्रै मौसम सफा हुन्छ। यसअघि भने ती क्षेत्रका विमानस्थलमा दिउसो पाँच बजेसम्म हवाई जहाज र हेलिकप्टर उडान हुने गर्थे।

हचुवाकै भरमा गरिएको निर्णय तत्काल नसच्याए चुनार र कार्कीजस्ता अरू थुप्रै नागरिकले उपचार अभावमा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहिरहने दुर्गमवासी बताउँछन्। प्राधिकरणले निर्माण सामग्री ढुवानी, कार्गो, चार्टर फ्लाइट र माउन्टेन फ्लाइटमा समेत १२ बजेपछि रोक लगाएको छ।

प्राधिकरणको निर्णयले नागरिकलाई सास्ती हुनुको साथै पर्यटन व्यवसायसमेत धराशायी बन्ने अवस्था आएको पर्यटन व्यवसायी गुनासो गर्छन्।

'प्रोत्साहन गर्नु पर्नेमा उल्टै हतोत्साहित'

सिमिकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाय दुर्गमको जनजीवनलाई प्रतिकुल प्रभाव पार्ने निर्णय तत्काल फिर्ता लिन माग गर्छिन्।

उनी भन्छिन्, “कर्णालीवासीलाई हेपेर गरिएको जनता मार्ने निर्णय हामीलाई मान्य छैन।” १२ बजेपछि उडानमा रोक लगाएपछि चामल ढुवानीको कामसमेत प्रभावित भएको छ। सिमिकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका बासिन्दाकf लागि सतिसल्लाबाट हेलिकप्टरले चामल ओसारी रहेको छ।

उक्त निर्णय अघि दैनिक ९–१० वटा उडान हुदै आएकोमा अहिले भने १२ बजेसम्म मुस्किलले २–३ खेप मात्र चामल ढुवानी हुने गरेको छ। समयमै चामल ढुवानी गर्न नसकिए यी गाउँपालिकामा हप्ता दिनभित्रै खाद्यान्न सङ्कट हुने उपाध्यक्ष रोकाय दाबी गर्छिन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनको समयमा हुने हवाई दुर्घटना न्यूनीकरण गर्न तीन महिनाको लागि सेफ्टी प्रोटोकललाई कडाइका साथ लागु गरेको बताएको छ।

प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले “कसैलाई दुख दिने नियतले नभई जनताको जीवन सुरक्षाका लागि सेफ्टी प्रोटोकललाई कडाइ गरिएको” बताए। उनले भने, “मौसम अनुकूल भएको बेला खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, आकस्मिक उद्धारको उडानमा भने रोक छैन।“

उप प्रबन्धक भुलले आकस्मिक उद्धारको उडानमा रोक नभएको बताए पनि गरिब तथा विपन्न नागरिकले चाहेको समयमा हवाई जहाज र हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था देखिन्न। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending