Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

मोरङ कारागारमा रासनको चामल बिक्री !

खबरडबली संवाददाता

वरिाटनगर ।  जिल्ला कारागार मोरङमा कैदीबन्दीका लागि उपलब्ध गराइएको रासनको चामल कर्मचारीकै संलग्नतामा बिक्री हुने गरेको पाइएको छ । उपलब्ध भएको चामल कारागारकै कर्मचारीका संलग्नतामा कारागार बाहिर बिक्री हुने गरेको आशंकामा कारागार प्रशासनले छानविन प्रक्रिया अघि बढाएको हो ।

कारागार प्रशासनले दैनिक प्रत्येक कैदीका लागि ७ सय ग्राम चामल र ८० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । कारागारमा कैदीका लागि दिइने गरेको रासन कारागार बाहिर बिक्री हुने गरेको गुनासो आएपछि छानविन अघि बढेको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए ।  नेपाल खाद्य संस्थानबाट कान्छी मन्सुली चामल कैदीलाई उपलब्ध हुँदै आएको छ । पछिल्लोसमय कैदीहरुबाट स्टोरमा राखिएको चामल बिक्री हुने गरेको गुनासो आएको उनको भनाइ छ ।

दस दिनका लागि कैदीलाई एकैपटक चामल वितरण हुने गरेको बताउँदै जेलर खड्काले कैदीलाई चामल राख्नका लागि कारागारमा स्टोर बनाइएको जानकारी दिए । कारागारमा कैदीले पाउने चामल सट्टापट्टा समेत हुने गरेको र यसमा प्रशासनले पनि सहजीकरणको भूमिका निर्वाह गरेको पाइएको हो । कारागारभित्रको चामल बाहिर बिक्री हुने गुनासोसँगै प्रक्रिया पूरा नगरी स्टोरबाट कर्मचारीले चामल बाहिर लैजान खोजिएको पाइएको उनले बताए।

यसक्रममा कारागारकै कार्यलय सहयोगी शिवचरण सिंह शंकास्पद भूमिका देखिएका पनि उनले बताए  । विगत २ दशकदेखि सिंह निरन्तर कारागारमा करार सेवामा कार्यरत रहेका छन् । कारागारमा प्रतिबन्धित बस्तुसमेत पुराउने गरेको आरोप लागेका सिंहलाई साउन २४ गतेदेखि नै छानविन प्रक्रियामा अघि बढाइएको जेलर खड्काले बताए । सिंहले भने रासन बिक्री गर्ने गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending