Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

विराटनगरमा दिनदहाडै तरबार प्रहार, घाइतेको अवस्था गम्भिर

खबरडबली संवाददाता

विराटनगर ।  विराटनगरको मुख्य बजारमा एक युवामाथि दिनदहाडै तरबार प्रहार भएको छ । विराटनगर–१० सन्सारीमाईस्थानमा दिउँसो २ः४५ बजेतिर एक युवामाथि तरबार प्रहार भएकाे हाे ।

तरबार प्रहारबाट विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् । हलिमको दुवै हातमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । 

उनलाई उपचारका लागि सुरुमा न्यूरो अस्पताल भर्ना गरिए पनि चिन्ताजनक अवस्थाका उनलाई न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरेको छ । हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनामा संलग्नहरू फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए। 

नायकका अनुसार घटनामा संलग्नको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ। घटनामा प्रयोग गरिएको तरबार प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्नहरू तरबार फालेर भागेको प्रहरीको भनाइ छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending