भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उनकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो ।
विसं १९८६ भदौ ७ गते जन्मिएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिएकी थिइन् । सो नागरिकता हराएपछि उनले एकाघरका परिवारमार्फत प्रशासनमा नागरिकताको प्रतिलिपिको लागि आवेदन दिएकी थिइन् । श्रेष्ठको स्थायी ठेगाना तत्कालीन बालकुमारी गाविस– ८ रहेको छ भने हाल उनी मध्यपुरथिमि–३ गठ्ठाघरमा बस्दै आएकी छन्।
श्रेष्ठ स्वयम् कार्यालयमा उपस्थित भएर नागरिकताको लागि सनाखत गर्न नसक्ने भएकाले उनकै निवासमा पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यले दिने अन्य सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकाले असाह्य, असक्त, दीर्घरोगी, शारीरिक अस्वस्थता र अपाङ्गगताका कारण प्रशासनमा उपस्थित हुन नसक्ने नागरिकलाई घरदैलोमा नै सरकारी सेवा उपलब्ध गराउने नीतिअनुरुप प्रशासनले त्यस्ता नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको सहायक प्रजिअ निरौलाले बताए ।
श्रेष्ठलाई नागरिकता प्रदान गर्न सहायक प्रजिअ निरौलासहित नागरिकता फाँटका कर्मचारी श्रेष्ठ निवासमा पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...
फाल्गुन २६ गते, २०८२ - १९:२६
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...
फाल्गुन २६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...
फाल्गुन २५ गते, २०८२ - २३:२४
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...
फाल्गुन २५ गते, २०८२ - २२:२९
काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...
फाल्गुन २५ गते, २०८२ - २१:४०
काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...
फाल्गुन २५ गते, २०८२ - २१:३७
काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...



प्रतिकृया लेख्नुहोस्: