काठमाडौं । अविरल वर्षासँगै बाढी पहिरोको कारण कोशी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ । शनिबार देखी परेको अविरल वर्षाका कारण प्रदेशभरको जनजीवन प्रभावित भएको हो ।
ताप्लेजुङको मैवाखोलामा बाढी आइ मेरिङ्दिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ । जिल्लाको फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा पहिरो खस्दा आवागमन बन्द भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्रि सडक खण्डमा पहिरो झरी अवरोध भएको छ । झापा माेरङ र सुनसरीका कतिपय स्थानमा डुवानकाे संभावना रहेका कारण सतर्कता अपनाउन स्थानीय प्शासनले आग्रह समेत गरेका छन् ।
इलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरेको छ । साे पहिराेका कारण सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय इलामले जनाउकाे छ । तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रबारे खण्डको देवीथानमा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी उपरिक्षक ऋषिराम कँडेलका अनुसार उक्त स्थानहरुमा खटिएका सुरक्षाकर्मीको टोलीले स्थानीय निकायहरुसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भडारे खोलामा आउको बाढीले सडक अवरुद्व हुँदा खोटाङ सोलुखुम्बु र ओखलढुंगाको पूर्वी भेगमा जाने यातयातका साधनहरु हर्कपुर र थाक्लेको हिलेपानीमा रोकीएका जिल्ला प्रहरी कार्यालय ओखलढुगाले जनाएको छ । जिल्लाको पश्चिमी भेग तर्फ पनि भिषण पानी रपहिोका कारण ग्रामिण सडकहरु अबरुद्ध भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
यता उदयपुरको मौवासीमा पहिरो जाँदा मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका ५ मौवासीमा पहिरो जाँदा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको हो।
मौवासी खोलाको पुल सूचारुसँगै सडक फराकिलो बनाइ कालोपत्रे बनाउनसाथ माथिबाट पहिरो बगेको र सडक अवरुद्ध भएको आयोजना कार्यालय गाईघाटका प्रमुख डिई गोपालप्रसाद खकुरेलले जानकारी दिएका छन् । यो राजमार्ग प्रयोग गरी हिड्ने सवारी साधनहरुलाई उदयपुरको कटारी बजार र गाईघाट बजारबाट वैकल्पिक सडक प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
उता झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवाबारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलमुनिको पंखामा बाढीले क्षति पुर्याएको छ । पुल जीर्ण अवस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली पुगेर स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: