काठमाडौं । एक क्वीटल सुन प्रकरणमा पक्राउ परेका दुई जना विदेशी नागरिकले नेपालमा लामो समयदेखि आपराधिक गतिविधि गरिरहेको तथ्य फेला परेको छ । नेपालको अपराधको सञ्जालमा जोडिएर उनीहरूले धन्दा चलाएको नेपाल प्रहरीको अभिलेखमा भेटिएको हो ।
सुन प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका नागरिक झण्डै दुई दशकदेखि नेपालमा अवैध गतिविधिमा संलग्न रहेको पाइएको हो । चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ १७ वर्षअघि नै नेपालमा अवैध गतिविधिमा संलग्न भएको अभियोगमा पक्राउ परेको तथ्य भेटिएको हो । त्यतिबेला छिरिङले नेपालमा राजनीतिक पहुँच भने बनाइसकेका थिएनन् । साथै, नेपाली मूलकी महिलासँग उनको विवाह पनि भइसकेको थिएन ।
प्रहरी स्रोतका अनुसार छिरिङ १७ वर्षअघि २४ मंसिर २०६३ मा काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधिलगायत अन्य अवैध गतिविधिमा संंलग्न रहेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउपछि उनलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको थियो । उक्त मुद्दाबाट छुटकारा पाएपछि राजनीतिक पहुँच बनाउन उनी सक्रिय भएका थिए ।
२०६३ सालमा नेपालमा राजनीतिक संक्रमणकालको समय भएकाले पनि छिरिङले अवैध गतिविधि बढाउने र राजनीतिक पहुँच बढाउने काम पनि गरेको पाइएको छ । संक्रमणकालको त्यही फाइदा उठाएर उनले नक्कली कागजात बनाएर नेपाली नागरिकता बनाएको रहस्य खुलेको छ । त्यतिबेला नेपाल राजनीतिक संक्रमणको समयमा भएका कारण उनीमाथि सजाय भएको विषयमा विस्तृत विवरण पाइएको छैन । त्यसैगरी, छिरिङ दोस्रो पटक ४ वर्षअघि पक्राउ परेका थिए ।
२०७६ मा पक्राउ पर्दा छिरिङमाथि अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लील भिडिओ देखाएर चिनियाँ नागरिकलाई ठगी गरेको आरोप थियो । त्यसबेला उनीसहित १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गर्न नेपालस्थित चिनियाँ दूतावासले सूचना दिएको थियो । छिरिङ पक्राउ पर्नुभन्दा २ वर्षअघि २०७४ मा नेपाली नागरिकता र राहदानी किर्ते कागजात पेस गरेर लिएको खुलेको छ ।
२०७६ मा पक्राउ पर्दा उनीमाथि उक्त मुद्दामा कारबाही भने नभएको प्रहरी स्रोतको भनाइ छ । २ साउनमा अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई बाहिरिएको सुन सिनामंगलबाट बरामद भएको प्रकरणमा छिरिङ जोडिएको आशंकामा तेस्रो पटक पक्राउ परेका छन् । उनलाई ठमेलको होटल भियनाबाट पक्राउ गरिएको हो । अनुसन्धानमा रहेका छिरिङसँग पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरा दिपेश पुन, माओवादी नेता वर्षमान पुन र पत्नी ओनसरी घर्ती लगायतसँग राजनीतिक सम्बन्ध देखिएको छ ।
त्यसैगरी, सुन प्रकरणमै पक्राउ परेका भारतीय नागरिक थुप्तेन छिरिङ पनि नेपालको अपराध कर्ममा पहिला पनि संलग्न रहेको पाइएको छ । गृह स्रोतका अनुसार थुप्तेन छिरिङ नेपालको अध्यागमन विभागले ५ वर्षका लागि देश निकाला गरेका व्यक्तिसम्म रहेको खुलेको छ । चिनियाँ मूलका भारतीय नागरिक छिरिङ १९ पुस २०६७ मा गैंडाको खाग तस्करीको आरोपमा पक्राउ परेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जले चलाएको मुद्दामा थुप्तेनलाई १० वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो ।
१६ चैत २०७१ मा केन्द्रीय कारागारमा ल्याइएको थियो । थुप्तेनको अस्वाभाविक गतिविधिका कारण १९ असोज २०७२ मा नख्खु कारागार सरुवा गरिएको थियो । उक्त घटनामा सर्वोच्चमा पुनरावेदन गरेका थुप्तेनलाई सर्वोच्चले ७ वर्षमा कैद झारिदिएपछि उनी १८ वैशाख २०७४ मा रिहा भएका थिए । उक्त घटनापछि अध्यागमन विभागले उनलाई पाँच वर्षको प्रतिबन्ध लगाएर देश निकाला गरेको हो । तर, पछिल्ला दिनमा सुन तस्करीमा थुप्तेनको संलग्नता खुलेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - ०९:४०
आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...
बैशाख ५ गते, २०८३ - ०९:३३
हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...
बैशाख ५ गते, २०८३ - ०९:१५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख ५ गते, २०८३ - ०९:१३
काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले च...
बैशाख ५ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ...
बैशाख ५ गते, २०८३ - ०९:०५
आधा सिलिन्डर नीति र बिजुलीमा बढ्दो निर्भरता बीच उद्योगीको चिन्ता
बैशाख ५ गते, २०८३ - ०९:००
गाेरखा । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता ...
बैशाख ५ गते, २०८३ - ०८:५६
काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक श...


प्रतिकृया लेख्नुहोस्: