Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

खबरडबली संवाददाता

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताउनुभयो । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

“स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उनले भने।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गर्नुभएको छ । यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व–पश्चिम राजमार्गको अवैध संरचना हटाउन सुरु

पश्चिम नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले...

मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले रामचन्द्र पौडेल ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको...

नेपाल एयरलाइन्सद्वारा हुम्लामा उडान थप

हुम्ला। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हिमाली जिल्ला हुम्लाका लागि नियमित उडान संख्या थप गरेको छ । यात्रु तथा स्थानीयवासी...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ।नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।  सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहा...

लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने

मुस्ताङ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आइतबार पनि सेवा दिने भएको छ । जाडोयाममा कात्तिकदेखि फागुन महिनासम्म विकास निर्माण, शैक्षिक गतिविधि समे...

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending