Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ, सूचना तथा सञ्चार प्रविधिमा महिला समितिका पदाधिकारी तथा सदस्यहरुसँगको भेटमा उनले साइबर सुरक्षाको सवाल संवेदनशील भएकाले यसमा सचेतनालाई प्रभावकारी बनाउनुपर्ने बताएकी हुन् । 

सरकारले चालु आर्थिक बर्षको बजेटमा डिजिटल साक्षरताका कार्यक्रम अघि सारेको जानकारी दिंदै उनले मन्त्रालय माताहतका अन्य निकायबाट पनि यस्ता कार्यक्रम अघि सारिएको बताइन् । नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी गरिएको सन्दर्भ उल्लेख गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताइन् । 

साइबर सुरक्षाका लागि निरन्तर अनुगमन गरी सुरक्षित अनलाइन स्पेस निर्माण गर्नुलाई पनि साइबर सुरक्षा नीतिको रणनीति बनाइएको उल्लेख गर्दै मन्त्री शर्माले महिला, बालबालिका वा लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरुलाई निषेध गर्ने नीति लिइएको जानकारी दिईन् । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने विभिन्न प्रकारका हिंसा एवं विभेद अन्त्य गर्ने पनि नीतिको उद्देश्य रहेको  स्पष्ट पारीन्  । 

सूचना प्रविधि क्षेत्रमा बिपन्न वर्गको पहुँच स्थापित गर्न विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा छात्रवृत्तिको व्यवस्था गरिएको स्पष्ट गर्दै मन्त्री शर्माले यसमा महिलालाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । 

क्यान महासंघ, सूचना प्रविधिमा महिला समितिले ज्ञापनपत्र बुझाउँदै सूचना प्रविधिमा महिला सहभागिताको महत्वबारे सचेतना कार्यक्रम चलाउनुपर्ने, मेन्टरशीप र नेटवर्किङका अवसर उपलब्धि गराउनुपर्ने, विविधता र समावेशीकरणलाई प्रवर्धन गरी महिलाका लागि अवसर विस्तार गर्नुपर्ने माग राखेको थियो । 

सरकारी विदालय पढेका, आयस्रोत कमजोर भएका, दुुर्गम क्षेत्रका महिला सदस्यलाई छात्रावृत्ति प्रदान गरी मानव संशाधन विकास गर्नुपर्ने, महिला केन्द्रित प्राविधिक समुदायहरुसँग सहकार्य बढाउनुपर्ने, भाषा, कनेक्टिीभिटी र सरकारी वेबसाइटहरुलाई समावेशी र अपांगतामैत्री बनाउनुपर्ने, साइबर अपराध न्यूनीकरण गर्नुपर्ने, डिजिटल वित्तीय साक्षरतामा जोड दिनुपर्नेलगायतका माग समितिले राखेको थियो ।

कार्य समिति सदस्य तथा सूचना तथा सञ्चार प्रविधिमा महिला संयोजक रिना श्रेष्ठले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending