सर्लाही । सर्लाहीको हरिऔन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल गिँडिएको अवस्थामा फेला परेको पुरुषको टाउकोलाई काठमाडौं पठाईने भएको छ । सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं पठाउन लागेको हो ।
पोष्टमार्टम गर्नका लागि टाउकोलाई काठमाडौं पठाईन लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उक्त टाउकाको काठमाडौंमै पोष्टमार्टम गर्दा सहि रिपोर्ट आउने भन्दै मलंगवा स्थित प्रादेशिक अस्पतालका चिकित्सकहरुले भनेका कारण काठमाडा्मां पठाउन लागिएको एसपी सुवेदीले बताए ।
प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले टाउकोको मात्र पोष्टमार्टम गर्न पर्ने भएकाले विशेषज्ञ भएको स्थानमै पठाउन प्रहरीलाई भनेको जानकारी दिए । प्रादेशिक अस्पतालमा तालिम लिएका एमबीबीएस डाक्टर साबहरुले मात्र पोष्टमार्टम गर्ने डा. झाले बताए । सुविधासम्पन्न ठाउँमा दक्ष जनशक्तिबाटै पोष्टमार्टम गराउन प्रहरीलाई भनिएको र हाल उक्त टाउको प्रादेशिक अस्पताल मलंगवाकै पोष्टमार्टम कक्षमा राखिएको उनको भनाइ छ ।
हरिवन नगरपालिका ४, सासापुरको लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरिरबाट घाँटीमा गिँडेर फालिएको टाउको मात्र फेला परेको थियो । विहिबार बिहान स्थानीयले देखेर खबर गरेपछि प्रहरीले जानकारी पाएको हो । अनुहार हेर्दा २०(२२ वर्षका युवक जस्तै देखिन्छ ।
टाउकोमा हिलो माटो लागेको देखिएपनि उक्त टाउको खोलाले नै बगाएर भने नल्याएको प्रहरीको अनुमान छ । अन्तै कतै काटेर त्यहाँ फालिएको हुनसक्ने वा सोही ठाउँमै टाउको काटेर शरीर अन्तै लगिएको हो भन्ने लगायत विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका एसपी सुवेदीले बताए । अभियुक्तहरुले अन्तैबाट बगाएर ल्याएको हो भन्ने देखाउन माटो दलिदिएको पनि हुन सक्ने उनको भनाइ छ ।
शरिरको अन्य भाग खोज्न तथा टाउकाको पहिचानका लागि लखन्देही खोला आसपास तथा जिल्ला स्थित अन्य स्थानका सुरक्षाकर्मीलाई परिचालन गरिएको र छिमेकी जिल्लाहरुमा समेत घटनाबारे पत्राचार गरिएको एसपी सुवेदीले जानकारी दिए । टाउकाको पहिचान भएमात्र घटनाको नजिक पुग्न सकिने भएकाले पहिचानका लागि नै प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाइ छ ।
विशेषगरि टाउको फेला परेको स्थान हेर्ने ईलाका प्रहरी कार्यालय हरिवनको टोलीलाई अनुसन्धान एवं खोजतलासमा व्यापक रुपमा खटाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शरिरको खोजतलास गर्न तथा टाउकाको पहिचान खुलाउन आफ्नो एरियाका सबै ठाउँहरुमा विभिन्न टोली नै बनाएर खटाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले जानकारी दिए ।
घाँटीमा धारिलो हतियारले छिनालेको अवस्थामा युवकको सग्लो टाउको मात्र फेला परेपछि सम्बन्धित सुरक्षा अधिकृतहरु माथि ठूलो चुनौती देखिएको छ । नहुनु घटना भईगो, यथाशिघ्र अपराधीहरुको पहिचान गरि न्यायको कठघरामा उभ्याउँदै जतिसुकै लुकाएर अपराधकर्म गरेपनि प्रहरीले पत्ता लगाउन सक्छ भन्ने सन्देश छर्ने अवसर समेत प्रहरीलाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - ०९:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...
जेष्ठ २५ गते, २०८३ - ०९:२७
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान सडक छेउमा शव देखिएको सूचनापछि प्रहरी घटनास्थल पुगेको हो। जिल्...
जेष्ठ २५ गते, २०८३ - ०९:२३
काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा परेर गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङलाई सरकारद्वारा गठित छानबिन समितिले सफाइ दिएको छ। प...
जेष्ठ २५ गते, २०८३ - ०९:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन् ...
जेष्ठ २५ गते, २०८३ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार...
जेष्ठ २४ गते, २०८३ - २१:४६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विभिन्न जिल्लाहरूमा सम्पन्न प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। पाँचथर, तनहुँ र बाँके जिल्ल...
जेष्ठ २४ गते, २०८३ - २१:४०
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट लागुऔषसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ...
जेष्ठ २४ गते, २०८३ - २१:३८
काठमाडौं । तारकेश्वर नगरपालिका- ६, लोलाङ, पैँयुटारमा हिजो भएको ईश्वरी भुजेलको हत्या आरोपमा थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरीको धारिलो हतिया...
जेष्ठ २४ गते, २०८३ - २१:३०
उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको जिल्ला अधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण स्थगित भएको छ। प्रतिनिधिको वैधतामाथि प्रश्न ...
जेष्ठ २४ गते, २०८३ - २१:२८
काठमाडौं । संसद्मा जारी अवरोध र बढ्दो राजनीतिक ध्रुवीकरणबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संवादमार्फत निकास खोज्ने प्रयास थालेको छ। सोही उद...



प्रतिकृया लेख्नुहोस्: