Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

१२ वर्षमा पनि खुलेन घुर्मी–चतरा सडकको ट्रयाक

तस्विरः मनाेज भट्टराई
खबरडबली संवाददाता

काठमाडाैं । मध्यपहाडी लोकमार्ग अन्तर्गत कोशी करिडोरको १६३ किलोमिटर सडकको ट्रयाक खोल्न बजेट विनियोजन भएसँगै २० वटा खण्डमा ११ निर्माण कम्पनीले ठेक्का लिए थिए । तर, आजसम्म न त्यो सडक आयोजनाको ट्रयाक नै खोलिएको छ, न यसलाई अगाडि बढाउने योजना नै रहेकेा छ ।

सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, भोजपुर लगायत पहाडी जिल्लाबाट छोटो समयमा तराई पुग्ने लक्ष्यसहित घोषणा गरिएको यो आयोजना भौतिक रुपमा सुरु नै नभएको उदयपुरका स्थानीय दिनेश राईको भनाई छ । उदयपुरको घुर्मीदेखि सुनकोशी किनारै किनार चनौटे, रसुवाघाट, फोक्सिङटार, धाप्लाङघाट, रानीटार, वंशिलाघाट हुँदै सुनसरीको चतराघाटसम्मको सडकको ट्रयाक खोल्न करिब ६० करोड लाग्ने अनुमान गरिएकाे थियो ।

राज्यकोषबाट ५ करोड खर्च भइसकेको कोशी करिडोर आयोजनाका ठेकदार प्रदेशका अर्थमन्त्री बनिसके तर काम भने ठप्प नै रहेकाे छ । झलनाथ खनाल नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले १२ वर्षअघि अर्थात २०६८ सालमा घुर्मी–चतरा सडकको ट्रयाक खोल्न पहिलोपटक बजेट विनियोजन गरेका थिए ।

बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने नेपाली उखान  भए पनि याे आयाेजनामा खाेला फर्छकीएन ।  पुर्वी नेपालकाे याे एउटा यस्तो विकास आयोजना भयाे जसमा बाह्र वर्षदेखि निरन्तर बजेटको खोला बग्दा पनि प्रगति शुन्य रहेकाे छ ।

पहिलो चरणमा करिब १७ करोडमा ठेक्का पनि लगाइयो । क्रमिक रुपमा बजेट विनियोजन हुँदै गयो, ठेक्का पनि लाग्दै गयो । ठेक्का लिएकामध्ये सुनौलो खिम्ती, लुम्बिनी प्रदीप जेभी, कोशी एण्ड न्यौपाने र पशुपति जेभीले चारवटा खण्डको काम सम्पन्न गरेको भन्दै ठेक्का बराबरको सतप्रतिशत रकम बुझिसकेका छन् । उनीहरुले विभिन्न मितिमा ४ करोड रुपैयाँ बुझेका छन् ।

ठेकेदारमैत्री कानुन हुँदा समस्या भएको भन्दै यसमा आफुहरु लागि पर्ने खोटाङका प्र्रदेश सांसद भुपेन्द्र राईले बताए । सुनौलो खिम्ती र ध्रुव एण्ड तारा जेभी, एस बी ए सूर्य जेभी र लुम्बिनी प्रदीप जेभीले पनि कामनै नगरी ६६ लाख ८१ हजार लिइसकेका छन् । अन्य निर्माण कम्पनीले पनि पहिलो किस्ताको रकम बुझेका छन् ।

तर, त्यसको अभिलेख आयोजनासँग नभएको पुष्पलाल मध्यपहाडी लोक मार्गका निर्देशक रत्न लक्ष्मी बज्राचार्यले बताइन् । उक्त सडकको ट्रयाक खोल्न बागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाको निर्माण कम्पनी हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले पनि ठेक्का लिएको थियो ।

मन्त्री लामा आफ्नो कम्पनीले मोबिलाइजेसन रकम लिएको तर, सरकारबाट सहयोग नभएको तर्क गर्छन् । तर, बाह्र वर्षअघि नै ठेक्का लागिसकेको सडकको निर्माण कार्य सुरु भएकै छैन । सडकको निर्माणको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजनामै छ तर प्रगति भने शून्य रहेकाे ।

ठेक्का लगाउने, भुक्तानी दिने तर, भौतिक प्रगतिबारे न आयोजनाले चासो राखेको छ, न सडक विभागले नै कसैमाथि कारबाही गरेको छ ।

याे आयाेजनाकाे प्रगती शुन्य हुँदा पहाडी तथा हिमली जिल्लाका आम नागरिकहरु तराइ तथा प्रदेश राजधानी जानकाे लागि घुर्मी मिर्चैया हुँदै पूर्व पश्चिम राजमार्गबाट यात्रा गर्न बाध्य रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending