सोलुखुम्बु । साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । गाउँपालिकाले यही महिनादेखि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स मार्फत सुत्केरी महिलाले निःशुल्क सेवा प्राप्त गर्ने भएका छन् । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार सुत्केरी र जटिल अवस्थाका गर्भवति महिला, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकाहरूलाई निशुल्क सेवा दिइने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए । एम्बुलेन्स सञ्चालनमा आएसँगै नागरिकले सहज सेवा पाउने आशा गरेकाछन् ।
मुक्लीमा सञ्चालित अस्पतालमा यसै महिना एमडीजीपी डाक्टरको नियुक्ति गरेको पालिकाले जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा दिने नीति लिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए ।
जिल्लाका नागरिक सामान्य उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि पूर्वाधार, उपकरण र चिकित्सकको व्यवस्था गरिएको पालिकाले जनाएको छ । अब गाउँपालिकाको मातहतमा उक्त अस्पताल सञ्चालन गर्ने गरि कार्यपालिकाबाट निर्णय समेत गरिएको प्रवक्ता कार्कीले बताए ।
नागरिकको हितमा काम गर्नु सरकारको दायित्व भएकाले सोही अनुसार नीति निर्माण गरि काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । जुनसुकै क्षेत्रको निर्णय गर्दा नागरिकलाई केन्द्रमा राखेर गर्ने गरिएको उनको दाबी छ । थुलुङ दुधकोशी गाउँपालिका अन्तरगत मुक्ली स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्सले दुइ जना सुत्केरी महिलालाई सेवा समेत दिइसकेको पालिका प्रवक्ता कार्कीले बताए
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: