Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला हुँदै

खबरडबली संवाददाता

काठमाडौं । विन बहुउद्देशीय सहकारी संस्थाले ट्रेड फेयर आयोजना गर्ने भएको छ । सहकारीले साउन २६, २७ र २८ गते १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८० आयोजना गर्न लागेको हो । 
महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी भेन्युमा हुने व्यापार मेलामा ५१ वटा स्टलहरू रहने छन् । मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिक रेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डका सामग्री प्रदर्शनी तथा बिक्री हुने विन बहुउद्देशीय सहकारीले जानकारी दिएको छ ।

मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, नि:शुल्क वाईफाई, नि:शुल्क मास्क, नि:शुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको छ । विन बहुउद्देश्यीय सहकारीले महिलाहरूलाई उद्यमी बनाउन बेसिकदेखि एडभान्ससम्मको तालिम समेत सञ्चालन गर्दै आएको छ । 

तालिममा सहभागीले बनाएका उत्पादनको प्रवर्द्धन गर्न  मेलामा प्रदर्शनी र प्रतियोगिताको समेत आयोजना हुने सहकारीले जनाएको छ ।  यसका साथै महिला उद्यमशीलता तालिमका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक हुने बताइएको छ । 
३ दिनसम्म चल्ने मेला १० देखि १५ हजारले अवलोकन गर्ने र ५० देखि ७५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । 

विन बहुउद्देशीय सहकारी संस्था महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्य लिएर सन् १९९१ मा सहकारी ऐन अन्तर्गत स्थापना भएको बजारीकरण गर्ने नेपालकै पहिलो सहकारी संस्था हो । संस्थाले स्थापना कालदेखि नै आफ्ना महिला सदस्यका साथै उनीहरूको सहभागीताजमा सञ्चालित उद्योग व्यवसायबाट उत्पादन गरिएका वस्तु एवं सेवाहरूलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्दै आएको छ ।

यस बाहेक महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सीप अभिवृद्धि तालिम समेत सञ्चालन गर्दै बजारीकरण सहयोग गर्दै आएको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending