काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न आवाज उठाउन एमालेलाई सुझाव दिएका छन् । उनले संसदमा बोल्दै यस्ताे बताएका हुन् ।
संविधान र कानुन बमोजिम बनेका संस्थाहरुलाई अविश्वास गर्न नहुने बताउँदै एमालेतर्फ संकेत गर्दै भने, आज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो । म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त।'
उनले कञ्चनपुरकी निर्मला बलात्कार कान्डका लागि त्यस्तो आयोग बनाउन पनि माग गरे। तर, यो विषयमा राज्यका निकायहरुले काम गरिरहेको बताउँदै अविश्वास गर्न नहुने बताए । आफैंले सम्पत्ति सुद्धिकरण, राजश्व अनुसन्धान, दक्षिण एशियामै प्रसिद्धि हासिल गरेको सिआइबी र नेपाल प्रहरीमा विश्वास नगर्ने कुरा सही नभएको उनको भनाइ छ।
उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गर्दा सांसदको बोल्न हक कुन्ठित भएको उल्लेख गरे। उनले थपे, -'संसद प्रतिपक्षको हो भनिन्छ। प्रतिपक्षको आवाजको कदर गर्नुपर्छ। अनि हामी निर्वाचित भएर यहाँ संयोगले सत्ता पक्ष बनेका सांसदको बोल्ने थलो रत्नपार्क हो ?'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: