काठमाडौं। सरकार र गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समिति र सरकारबीच सहमती भएकाे हाे ।
सहमतिसँगै उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए । सङ्घर्ष समितिका अध्यक्ष रुपसागर देवी उपाध्याय र गृह मन्त्रालयबीच आज पाँच बुँदे सहमति भएको हो । मन्त्रालयका तर्फबाट सहसचिव एवं प्रवक्ता भट्टराई र सङ्घर्ष समितिका अध्यक्ष उपाध्यायले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा अनुसार गौर घटनाको विषयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनिएको छ ।
यस्तै, उक्त घटनामा मृत्युवरण गरेर सहिद घोषणा गरिएका व्यक्तिको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने र छुटेकालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
रौतहट जिल्लामा सहिद स्मारकस्तम्भ निर्माणको प्रक्रिया चालु आर्थिक वर्षमा अघि बढाउने, घाइते भएका उपचाररत व्यक्तिलाई उपचारको लागि उचित प्रबन्ध तथा आर्थिक सहायता उपलब्ध गराउनेमा सहमति भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: