Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान  हस्तान्तरण गरेका छन् । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गर्दै उनले  विकास, प्रगति र समृद्धिका निम्ति राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुनु आवश्यक रहेको बताए ।

मुख्यमन्त्री थापाले जनतासँग जोडिएका सेवाहरु प्रदान गर्न प्रदेश सरकार सचेत रहेको र विपद्को समयमा पनि जनतालाई सेवा र राहत प्रदान गर्न प्रदेश सरकार संवेदनशील रहेको बताए । मौसमको प्रारम्भसँगै कोशी प्रदेशमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको जानकारी दिँदै उनले सरकार विपद्मा परेकालाई आवश्यक राहत र सेवा प्रदान गर्न तयार रहेको उल्लेख गरे 

मुख्यमन्त्री थापाले प्रदेशमा अहिले चौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न रु एक करोडको भ्याक्सिन खरिद गर्न बोलपत्र आह्वान भइसेको र डेङ्गु रोगका बिरामीलाई उपचार गर्न कोभिड–१९ का लागि बनाइएका अस्पताललाई प्रयोगमा ल्याउने तयारी गरेको जानकारी दिए ।

उनले प्रदेशमा लम्पी स्किन रोगबाट ६ हजार पाँच सय चौपायाको मृत्यु भएको र दुई लाख ३५ हजारभन्दा बढी चौपायमा असर परेको उल्लेख गरे ।

कार्यक्रममा उक्त मन्त्रालयका सचिव सुरेश राउतले विपद् व्यवस्थापनका लागि मन्त्रालयले योजनाबद्ध काम गरिरहेको जानकारी दिए । ताप्लेजुङको सदरमुकाम फुङ्लिङका अधिकांश घर काठबाट निर्मित रहेकाले कुनै पनिबेला हुनसक्ने आगलागी नियन्त्रण एवं रोकथाम गर्न मन्त्रालयबाट प्राप्त दमकलबाट ठूलो सहयोग पुग्ने नगर प्रमुख मादेनले उल्लेख गरे । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुलाकी राजमार्गको काम समयमै सक्न मन्त्री घिसिङकाे निर्देशन

पश्चिम नवलपरासी। ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन आयोजनाहरूको स्थलगत अवलोकन गरेको छन...

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गरेको छन्। सिंहदरबारस्थित सभामुखको का...

जेनजी मिराज ढुङ्गाना समूहद्वारा देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा

काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका संयोज...

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान

इस्लामाबाद। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र आफ्नी धर्मपत्नी बुशरा बिबीलाई तोसाखाना–२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछ...

काठमाडौंका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीरामले दिए राजीनामा

काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।  पुस लागेसँगै ह्वात्तै बढेको चि...

स्वकीय सचिवको पद खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न एमाले सांसदको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...

मौलिक परम्परा र वेशभूषा बिर्सन हुँदैन: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending