काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले लम्बेतान निर्णय प्रक्रियाले देश नबन्ने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
नियर्णयका लागि अपनाइने लम्बेतान प्रक्रियाभन्दा देशले नतिजा खोजिरहेको मन्त्री मोदीको भनाई थियो । उनले थपे, “एउटा ऐन बनाउन वर्षौवर्ष लाग्ने हाम्रो लम्बेतान निर्णय प्रक्रिया छ । यस्तो लम्बेतान प्रक्रियाले हुँदैन । जनतालाई लम्बेतान प्रक्रिया होइन, नतिजा चाहिएको छ ।”
राष्ट्रिय निजामती सेवा ऐन ल्याउने प्रक्रियामा भइरहेको लम्बेतान निर्णय प्रक्रियाको उदाहरण दिँदै उनले भने, “मन्त्रालयले ऐन बनाएपछि कानुन र अर्थमा सहमतिका लागि पठाउने, सहमति प्राप्त भएपछि समितिमा पठाउने, त्यसपछि मन्त्रिपरिषद्मा पठाउने अनि संसदमा लैजाने । यस्तो लम्बेतान प्रक्रियाले हामी चाडो नतिजा दिन नसक्ने ठाउँमा छौँ ।”
मन्त्री मोदीले कानुन व्यक्तिगत स्वार्थका लागि नभई देश र जनताको आवश्यकतालाई सम्बोधन गर्नका बनाउनुपर्ने धारणा समेत राखे । मन्त्रालयले अहिले सुशासन कायम गर्ने सिलसिलामा सिंहदरबार वरीपरी रहेका कर्मचारीलाई स्थानीय तहमा सरुवा गर्न थालेको बताए । थप प्रष्ट पार्दै उनले भने, “कसैप्रति आग्रह र पूर्वाग्रह छैन । कसैप्रति म आग्रह र पूर्वाग्रह बोकेर हिड्ने मान्छे म होइन । देश र जनताप्रति उत्तरदायी र हित सोचेर काम गर्न आवश्यक छ । सुशासन कायम गर्ने कुराको सुरुवात सामान्य प्रशासन मन्त्रालयबाट हुनुपर्छ । हामी यही अभियानमा छौँ ।”
मन्त्री मोदीले सरुवा भइसकेकाहरुले रमाना नलिए वा रमाना नदिएको खण्डमा कारबाही हुने चेतावनी पनि दिएका छन् । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत, मन्त्रालयको सचिव डा। कृष्णहरी पुष्कर, सरोकारवाला मन्त्रालयको प्रतिनिधि, मन्त्रालयका विभिन्न विभाग तथा निकायका प्रमुख, मन्त्रालयका विभिन्न महाशाखाका सहसचिव एवं प्रमुखसहित सबै कर्मचारीहरु उपस्थित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो
आषाढ़ १२ गते, २०८३ - ०७:४८
१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति
आषाढ़ १२ गते, २०८३ - ०७:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...
आषाढ़ ११ गते, २०८३ - २०:३४
काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...



प्रतिकृया लेख्नुहोस्: